नेकपा सचिवालय बैठक आज बस्दै



काठमाडौं : आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुबीच सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ ।

कोटेश्वर छलफलअघि बालुवाटारमा प्रधानमन्त्री ओली र नेपाल, खुमल्टारमा अध्यक्ष प्रचण्ड र झलनाथ खनाल तथा उपाध्यक्ष वामदेव गौतमबीच भएको बेग्लाबेग्लै सहमतिपछि आज (मंगलबार) सचिवालय बैठक बोलाउने सहमति भएको थियो । सो सहमति अनुसार आज नेकपा सचिवालय बस्न लागेको हो ।

सचिवालय बैठकले नै स्थायी कमिटीको बैठक बोलाउने निर्णय गर्न सक्ने स्थायी समितिका सदस्य भीम रावलले बताए । शीर्ष नेताहरूको छलफलमा सहभागी भएका नेता रावलले पार्टी तथा सरकारलाई प्रभावकारी तवरबाट सञ्चालन गर्नका लागि सचिवालय र स्थायी कमिटीको बैठक आवश्यक रहेकोप्रति सबै नेताले जोड दिएको उनको भनाए छ । यसअघि स्थायी कमिटीका २० जना सदस्यले बैठकको माग गरी पार्टी अध्यक्षलाई लिखित पत्र नै दिएको उनले बताए ।

ओलीसँगको छलफलमा नेता नेपालले अहिले उठेका सबै विषय बैठकमार्फत हल गर्ने प्रयास नभए गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका थिए । लगत्तै ओली समूह र नेपाल समूहका नेताहरूबीच संवाद चलिरहँदा अध्यक्ष प्रचण्डले पालैपालो खुमलटारमा खनाल र गौतमसँग छलफल गरेका थिए ।

प्रचण्डसँगको छलफलपछि वरिष्ठ नेता नेपालले पार्टी एकतालाई मजबुत बनाउन तत्काल स्थायी समिति बैठक बोलाउन माग गर्ने सहमति भएको बताए । दुई नेताबीचको दुई घण्टा लामोे छलफलमा सरकारले अध्यादेश ल्याएपछि पार्टीभित्र उत्पन्न समस्याबारे समेत समीक्षा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्