निर्देशक नेत्र गुरुङले बनाए लकडाउनमा छोटो फिल्म ‘लकडाउन’



काठमाडौं : कोरोना संक्रमणको त्रासमा नेपाल यतिबेला लकडाउनको अवस्थामा छ । यही अवस्थामा निर्देशक नेत्र गुरुङले लकडाउन सम्बन्धि छोटो फिल्म बनाएका छन् । ‘लकडाउन’ नाम दिएर निर्माण गरिएको यस छोटो फिल्ममा तत्कालिन रुपमा लकडाउनले पारेको प्रभावलाई देखाउन खोजिएको छ ।

लकडाउन नेत्र गुरुङकै निर्देशन, सम्पादन र लेखनमा तयार भएको छ । फिल्म खिच्ने बेलामालकडाउनमा पालन गर्नुपर्ने सरकारी नियमलाई पूर्णरुपमा पालना गरि यसलाई जापान र नेपालमा खिचिएको छ ।

नेत्र इन्टरटेनमेन्ट प्रालिको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यस छोटो फिल्ममा प्रमिला तुलचन, राज पोखरेल, विजय राज अधिकारी र प्रकाश गौतमले लकडाउनमा अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्