बच्चाको झगडालाई लिएर कुटाकुटा, एक महिलाको मृत्यु



सर्लाही: बच्चाको झै-झगडालाई लिएर कुटाकुटा हुँदा सर्लाहीमा एक महिलाको मृत्यु भएको छ ।

सर्लाहीको हरिपुर्वा-८ वसन्तपुरमा कुटाकुटा हुँदा ३५ वर्षीया सैदुन खातुनको मृत्यु भएको हो । सोही ठाउँ बस्ने खोधदी अन्सरीसहित उनको परिवारले खातुनलाई कुटपिट गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

कुटपिटबाट गम्भीर घाइते खातुनको उपचारका लागि जानकी अस्पताल जनकपुरमा लैजाँदै गर्दा ज्यान गएको सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए ।

कुटपिटमा संलग्नमध्ये ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको र आवश्यक अनुसन्धान भइरहेको जनाएको छ । मृतक खातुनको शव अहिले प्रादेशिक अस्पताल जनकपुर शवगृहमा राखिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्