चलचित्र ‘देवी’को फस्र्ट लुक पोस्टर सार्वजनिक



काठमाडौं : चलचित्र ‘देवी’को फस्र्ट लुक पोस्टर सार्वजनिक भएको छ । सन्जोग राईले निर्देशन गरेको यस चलचित्रको पोस्टर सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरिएको हो । चलचित्रमा निर्देशक सन्जोग राई र अजय गौतमको कथा छ ।

यस चलचित्रमा सुयोग सोतांगको संगीत, जोयल फ्रुमको छायांकन र अनुप सापकोटाको सम्पादन रहेको छ । चलचित्रलाई रोमन गुरुङ र नारायण गुरुङले सयुक्तरुपमा निर्माण गरेका छन् ।

यस चलचित्रमा शिल्पा मास्के, नाजिर हुसेन, गौरव पहारी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्