२०२१ को डिभी नतिजाको मिति एक महिना सर्‍यो



काठमाडौं : अमेरिकाले सन् २०२१ को डाइभर्सिटी भिसाको नतिजा सार्वजनिक गर्ने मिति एक महिना पर सारेको छ। कोरोना भाइरस संक्रमणका कारण नियमित तालिका अनुसार मे ५ मा डिभी नतिजा सार्वजनिक हुने गरेको थियो। तर विदेश मन्त्रालयका अनुसार सो मिति सरेर जुन ६ पुर्‍याइएको छ।

कोरोनाका कारण अमेरिकाले ग्रिनकार्डको नयाँ आवेदन २ महिनाका लागि स्थगित गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्