मलेसियामा दुई हप्ता लकडाउन थपियो



काठमाडौं : कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि मलेसिया सरकारले दुई हप्ताका लागि लकडाउन थपेको छ। यस अनुसार अब १२ मे २०२० सम्मको लागि लकडाउन हुनेछ।

मलेसियामा गएको १८ मार्च देखि लकडाउन सुरु भएको थियो। यसअघि अप्रिल २८ सम्म लकडाउनको घोषणा गरिएको थियो । मलेसियामा अहिलेसम्म एक जना नेपाली श्रमिकलाई कोरोना सङ्क्रमण भएर निको पनि भइसकेको त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्