गण्डकीमा नियमित खोप सेवा सञ्चालन



म्याग्दी: बन्दाबन्दीका कारण रोकिएको नियमित खोप कार्यक्रमलाई तनहुँका विभिन्न स्थानीय तहले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको परिपत्रपछि सुचारु गरेका छन् ।

व्यास नगरपालिकाले यही वैशाख ९ गतेदेखि नै खोप कार्यक्रम शुरु गरिसकेको छ । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले सतर्कता अपनाउँदै बन्दाबन्दी जारी रहदा पनि नियमित खोप कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए ।

उनका अनुसार नगरपालिकाका-१४ वडामा ५४ खोप केन्द्रमा एक हजार ७५० बालबालिका आबद्ध छन् । प्रमुख सोतीका अनुसार दुई वटा खोप केन्द्रमा बालबालिकालाई खोप दिन शुरु भइसकेको छ भने अन्य खोप केन्द्रमा तालिका बनाएर खोप कार्यक्रम शुरु गरिनेछ । “कोभिड-१९ को जोखिम हुन नदिन बन्दाबन्दी जारी रहे पनि मन्त्रालयले सतर्कता अपनाएर खोप कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएपछि सञ्चालन गरेका छौँ”, उनले भने ।

जिल्लाको शुक्लागण्डकी नगरपालिकामा सोमबारबाट खोप संचालन भएको छ । नगरपालिकाको स्वास्थ्य शाखाले सबै वडामा नियमित खोप शुरु गरेको स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले जानकारी दिए । उनका अनुसार २० गतेसम्म नगरपालिकाभित्रका १२ वडाका १२ वटै स्वास्थ्य संस्थाबाट संचालन गरिनेछ ।

भानु नगरपालिकाले वैशाख १९ गतेदेखि खोप शुरु गर्ने जनाएको छ । स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईका अनुसार नगरपालिका क्षेत्रभित्र २८ वटा खोप केन्द्र छन् । त्यस्तै म्याग्दी गाउँपालिकाले अगामी जेठ २ गतेदेखि खोप कार्यक्रम शुरु गर्ने स्वास्थ्य शाखा प्रमुख तिलक घिमिरेले जानकारी दिए ।

गाउँपालिकामा १५ वटा खोप केन्द्र रहेको छ । जिल्लाका अन्य स्थानीय तहले पनि नियमित खोप सञ्चालन गर्ने तयारी गरेका छन् । गत चैत १० गतेसम्म खोप कार्यक्रम नियमित भएकामा बन्दाबन्दी शुरु भएपछि स्थगित गरिएको थियो । सो मन्त्रालयले कोभिड-१९ को संभावित जोखिमका समयमा खोप कार्यक्रम सञ्चालन गर्न मार्गदर्शन जारी गरेको थियो । बालबालिकालाई जन्मदेखि १५ महिनाको अवधिमा सातपटक विभिन्न ११ वटा रोगविरुद्ध खोप दिने गरिएको छ ।

खोप दिँदा भौतिक दूरी कायम गर्ने, बच्चालाई खोप दिन नहुने अवस्थाको पहिचान गर्ने, खोप दिने स्वास्थ्यकर्मीले व्यक्तिगत सुरक्षा अवलम्बन गर्ने तथा लक्षित सबै बालबालिकालाई खोप लगाउने व्यवस्था गर्ने सो मार्गदर्शनमा रहेको जनाइएको छ । बालबालिका जन्मनेबित्तिकै बिसिजी, ६ हप्तामा पोलियो, एफआइपिभी, पिसिभी, डिपिटी, हेप बी हिब, रोटा, १० हप्तामा पोलियो, पिसिभी, डिपिटी, हेपबिहिब, रोटा, १४ हप्तामा पोलियो, एफआइपिभी, डिपिटी, हेपबीहिब, ९ महिनामा पिसिभी, दादुरा–रुबेला, १२ महिनामा जापानिज इन्सेफ्लाइटिस र १५ महिनामा दादुरा–रुबेलाविरुद्धको खोप नियमितरुपमा लगाउनुपर्छ ।

पछिल्ला केही दिनयता चितुवाले आतङ्क मच्चाएको छ । सदरमुकाम बेनी बजार र आसपासका क्षेत्रमा दैनिकजसो चितुवाले कुखुरा, कुकुर, बाख्रा मार्न थालेपछि स्थानीयवासी त्रसित भएका छन् । केही दिनअघि बेनीको क्याम्पसचोकस्थित रुची सिनेमा घरमा दुई वटा बच्चासहित पोथी चितुवा भेटिएको थियो । गत वैशाख १२ गते बेनी बजार नजिकै रहेको खबरास्थित प्रेम कुँवरको कुखुराको खोरभित्र बयस्क चितुवा परेको थियो ।

सिनेमा घरमा आएको चितुवा नियन्त्रणमा लिने प्रयास गर्दागर्दै आफैँ भागेर जङ्गलतर्फ गएको बताइएको छ । खबरामा भेटिएको चितुवा प्रहरी र वन प्राविधिकले नियन्त्रणमा लिएर जङ्गलमा लगेर छाडेका थिए । करिब ५ किलो तौल भएको सो चितुवाले कुँवरको १२ वटा कुखुरा मारेको थियो ।

यसैगरी तीन दिनअघि बेनी बजारकै अस्पताल चोकमा चितुवा देखिएको स्थानीयवासी डकमाया पाइजाले जानकारी दिए । उनका अनुसार चितुवाले कुकुरलाई मारेर जङ्गलतर्फ भागेको थियो । बस्तीमा आउने चितुवाले मानिसलाई आक्रमण गर्ने डरले स्थानीय त्रसित भएका छन् । ‘लकडाउन’ लम्बिँदै जाँदा वातावरण शान्त भएपछि वन्यजन्तु आहाराको खोजीमा बस्तीमै आएका वन प्राविधिकले बताएका छन् ।

सवारी साधन र मानिसको चहलपहल घटेपछि वातावरण शान्त भएको र वन्यजन्तु आहाराको खोजीमा बस्तीमा आएका डिभिजन वन कार्यालयका निमित्त प्रमुख सन्तोष खनालले जानकारी दिए । “वन्यजन्तु बस्तीमा आउनुको मुख्य कारण आहराको खोजी नै हो”, उनले भने,“लकडाउनपछि वातावरण शान्त भएकाले बजारभित्र आएका हुन सक्छन् ।” चितुवाको मुख्य आहारा रतुवा र घोरल हुन् ।

हाडी क्षेत्रको जङ्गलमा झाडी बढेपछि घोरल र रतुवा मृग फराकिलो ठाउँ खोज्दै बस्ती नजिकका वनमा चरनका लागि झरेका छन् । घोरल र रतुवा मृग खोज्दै चितुवा पनि बस्ती नजिकको वनमा आएको हो । गत हप्ता रघुगङ्गा गाउँपालिका-२ भगवतीमा खरबारीमा रतुवा मृगको पाठो भेटिएको थियो ।

सो पाठोलाई वन प्राविधिक, प्रहरी र जनप्रतिनिधिको रोहबरमा जङ्गलमा लगेर छाडिएको फरेष्टर राम्जी शर्माले बताए । वन प्राविधिकका अनुसार साँझको समयमा व्यक्ति नबलेको, आँगनमा बालबच्चा खेलेको, बाख्राको खोर भएको जङ्गल छेउको घरमा चितुवाले आक्रमण गर्ने गरेको पाइएको छ । जङ्गल छेउमा घर भएकाहरुलाई सतर्कता अपनाउन वन डिभिजन कार्यालयले आग्रह गरेको छ ।

नेपालमा बिरालो परिवारका १२ प्रजातिका वन्यजन्तु पाइन्छ । पाटेबाघ, हिउँ चितुवा र चितुवा ठूला हुन्छन् । चरीबाघ, ध्वाँसे चितुवा, लिंक्सलगायत ९ वटा साना हुन्छन् । नेपालमा ३८ वटा संरक्षित वन्यजन्तु ९२६ स्तनधारी, ९ पक्षी र ३ सरीसृप मध्ये बिरालो परिवारका ५ वटा ९ पाटेबाघ, हिउँचितुवा, ध्वाँसे चितुवा, चरिबाघ र लिंक्स पर्छन् । लमजुङको क्व्होलासोथर गाउँपालिकास्थित भुजुङ घर भइ हाल हङकङमा बस्दै आएका रामबहादुर गुरुङ तथा उनको परिवारले २८ विपन्न परिवारलाई राहत वितरण गरेको छ ।

कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनका कारण समस्यामा परेका विपन्न परिवारलाई आज बिहान गुरुङ परिवारले खाद्यान्न वितरण गरेको हो । भुजुङ घर भइ बेँसीशहर नगरपालिकामा बस्दै आएका आफ्ना गाउँको विपन्न परिवारलाई राहत वितरण गरेको हो । प्रत्येक परिवारलाई ३० किलो चामल, दुई किलो दाल, एक लिटर तेल वितरण गरेको छ ।

सो राहत करिब १ लाख ४६ हजार ३७० बराबरको राहत वितरण गरिएको रामबहादुरका बुबा नन्दबहादुर गुरुङले बताए । यस विपद घडीमा केही भए पनि सहयोग पुग्नेछ भन्ने अपेक्षाले सहयोग गरिएको उनको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्