त्रुटि देखाउँदै भारतद्वारा चिनियाँ र्‍‍यापिड टेस्ट किट्सको अर्डर रद्द



नयाँ दिल्ली : भारतले चीनबाट ल्याइएका र्‍यापिड डाइग्‍नोस्टि टेस्ट किट (आरडीटी) प्रयोग नगर्ने भएको छ। चीनबाट ल्याइएका (आरडीटी) मा कमजोरी भेटिएपछि थप मगाउन लागेको पाँच लाख थान किटको अर्डर रद्द गरेको हो ।

भारतको अन्य विभिन्‍न राज्य आरडीटीको प्रयोगमा प्रतिबन्ध लगाइसकेपछि राजधानी नयाँ दिल्ली पनि आरडीटीको प्रयोगमा रोक लगाएको छ । र्‍यापिड टेस्ट किटले मानिसको रगतमा कोरोनाको एन्टीबडी छ या छैन्न भन्ने ३० मिनेटमा नतिजा दिने अनुमान छ।

तर भारतमा कोरोना परीक्षण गर्दा गलत रिपोर्ट धेरै आएको गुनासो बढेको थियो। र्‍यापिड टेस्ट किट्सबाट गरिने परीक्षण केही समयलाई स्थगित समेत गरिएको थियो। तर, चीनले भने भारतले दाबी गरेको आरडीटीमा कमजोरी भएको कुरा अस्वीकार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्