रेडियो नेपालका कार्यकारी निर्देशकलाई तीन दिनभित्र स्पष्टीकरण पेश गर्न सञ्चार मन्त्रालयको निर्देशन



काठमाडौं : सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले रेडियो नेपालका कार्यकारी निर्देशकलाई स्पष्टीकरण सोधेको छ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको अन्तर्वार्तालाई लिएर मन्त्रालयले रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीलाई तीन दिनभित्र स्पष्टीकरण पेश गर्न भनेको छ।

जातीय विद्वेष र घृणा उब्जाएको तथा सरकारविरुद्ध सत्ता कब्जा पंगु निरंकुश शासक र भष्मासुर जस्ता लान्छनायुक्त शब्द प्रयोग भएको भन्दै मन्त्रालयले कार्कीलाई स्पष्टीकरण सोधेको हो ।

रेडियो नेपालमा सोमबार विहान साढे ६ बजे प्रसारित ‘अन्तरसम्वाद’ कार्यक्रममा जनता समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री डा- भट्टराईलाई अतिथि बनाइएको थियो । यससलाई लिएर रेडियो नेपालले सोमबार नै विज्ञप्ति जारी गरेर माफी पनि मागेको थियो ।

Image
प्रतिक्रिया दिनुहोस्