काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सचेतक शान्ता चौधरीले सरकार ढाल्ने खेल स्वीकार्य नहुने बताएकी छन्।
नेकपाभित्र तीव्र ध्रुवीकरण भइरहेका बेला आज सामाजिक सञ्जाल फेसबुकमार्फत सरकार ढाल्ने खेल स्वीकार्य नहुने बताएकी हुन्।
उनले लेखेकी छन्, ‘पदको कुनै पर्वाह छैन। सरकार परिवर्तन गरौंला भनेर मत मागेको पनि हैन। भुइँमा बस्न तयार छौं, एकताबद्ध पार्टी निर्माणमा आफ्नो तर्फबाट जस्तोसुकै बलिदान गर्न तयार छौं,’ उनले भनेकी छिन्, ‘सरकार ढलाउने खेल जहाँबाट खेलिएको भए पनि किमार्थ स्वीकार्य हुने छैन।’