साइबर अपराधमा बाबुराम भट्टराईविरुद्ध उजुरी दर्ता गर्दै नेकपा निकट विद्यार्थी



काठमाडौं : जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईलगायत नेताहरुविरुद्ध साइबर अपराधसम्बन्धी जाहेरी दिन नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थीहरु सरकारी वकिलको कार्यालय पुगेका छन् ।

विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का नेताहरुले पूर्व प्रधानमन्त्री समेत रहेका जनता समाजवादी पार्टीका नेता भट्टराई, हिसिला यमी, विश्वदीप पाण्डे र आङकाजी शेर्पाविरुद्ध जाहेरी दिन सरकारी वकिलको कार्यालय पुगेका हुन् ।

उनीहरुले विद्युतीय माध्यमबाट आफ्ना नेताहरुको चरित्र हत्या गरेको भन्दै साइबर अपराधमा कारबाही गरिपाउँ भनी जाहेरी लिएर महानगरीय प्रहरी परिसर टेकु पुगेका थिए ।

युवा संघका केन्द्रीय सदस्य सन्जिवकुमार झा र अनेरास्ववियुका नारायण घर्तीले सामाजिक सञ्जालबाट अफवाह फैलाएर व्यक्तिको चरित्रहत्या गरेको भन्दै साइबर अपराधमा जाहेरी लिएर पुगेका हुन् ।

उनीहरुसँगै अनेरास्ववियूका संयोजक ऐन महर, युवा संघका सहसंयोजक रमेश पौडेल लगायतका नेताहरु पनि सरकारी वकिलको कार्यालय पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्