विराटनगरमा माेटरसाइकल दुर्घटना, चालककाे मृत्यु



विराटनगर : मोरङको विराटनगर महानगरपालिका–१० स्थित प्रतिभा चोकमा शुक्रबार राति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

 

पश्चिमतर्फ जाँदै गरेको बा४२प ९२३२ नम्बरको मोटरसाइकल राति साढे ९ बजे अनियन्त्रित भई दुर्घटना भएको थियो।

 

दुर्घटनामा परि मोटरसाइकल चालक विराटनगर महानगरपालिका–८ का २२ वर्षीय लोकेश कर्णको मृत्यु भएको प्रहरीले जनाएको छ।

 

दुर्घटनामा गम्भीर घाइते भएपछि उनलाई उपचारको लागि न्यूरो अस्पताल, विराटनगरमा भर्ना गरिएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्