नग्न शरीरमा युवतीको फोटो जोडेर भाईरल बनाउने युवकलाई प्रहरी खोज्दै



धनगढी: नग्न शरीरमा टाउको जोडेर फोटो भाईरल बनाउने युवकका कारण धनगढी र आसपासका दर्जनौ युवती समस्यामा परेका छन् ।

अछाम स्थायी घर भई हाल भारतको मुम्बै बस्दै आएका युवक सुवास खड्काले नग्न शरीरमा कैलालीका दर्जनौ युवतीको टाउको जोडेर फोटो भाईरल बनाएपछि कैलाली प्रहरीले उनको खोजी सुरु गरेको छ ।

उनले नग्न शरीरमा कैलालीका झण्डै ३ दर्जन युवतीको टाउको जोडेर फेसवुक र इन्स्टाग्राममा फोटो हालेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार खड्काका कारण कैलालीका मात्रै ३० भन्दा बढि युवती पीडित छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतका अनुसार अहिलेसम्म ३० बढि युवतीका परिवारले प्रहरीमा जाहेरी दिएका छन् ।

‘सुरुमा सामाजिक सञ्जालमा साथी बनाउने र नमाने ती युवतीको टाउको नग्न तस्वीरमा जोडेर सामाजिक सञ्जालमा राख्ने गरेका छन् । नग्न फोटोसंगै ति युवतीको मोवाइल नं.समेत राख्ने गरेका छन् । युवतीको विषयमा अस्लिल शब्दहरु लेख्ने गरेका छन् । उनले २५ वटा फेसवुक वालबाट फोटो हालेका छन् । उनी लामो समय धनगढीमै बसेका कारण उनले टार्गेट पनि धनगढीकै युवतीहरुलाई बनाएका छन् ।’

उनले ७ कक्षादेखि १२ कक्षा सम्म पढ्ने युवतीलाई लक्षित गरेको प्रहरी नायव उपरिक्षक बस्नेतले बताए । ‘अहिले खड्का भारतको मुम्बैमा रहेको जानकारी आएको छ । उनी क्रिकेट खेलाडी पनि हुन रे,’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक बस्नेतले भने, ‘ईन्टरपोलमा पत्राचार गर्ने तयारी छ तर उनको नागरिकता नहुँदा समस्या भएको छ । ति युवकका आफन्त र भारतको मुम्बईमा रहेको नेपालीहरुसँगसमेत सम्पर्क गरिरहेका छौँ ।’

प्रतिक्रिया दिनुहोस्