नेकपा र जनता समाजवादी पार्टीका कार्यकर्ताबीच जम्काभेट, एकअर्काविरुद्ध नाराबाजी



काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टी (जसपा) पार्टीका कार्यकर्ताबीच जम्काभेट भएको छ ।

मंगलबार एकअर्काविरुद्ध जाहेरी दर्ता गर्न सरकारी वकिलको कार्यालय काठमाडौं पुगेका दुवै पार्टीका कार्यकर्ताहरुको जम्काभेट भएको हो ।

वकिलको कार्यालय काठमाडौं अगाडि एक अर्काको समूहलाई देखेपछि एकअर्काविरुद्ध चर्को नाराबाजी समेत गरेका छन् ।

जनता समाजवादी पार्टीका कार्यकर्ताहरु तत्कालीन समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गरेको भन्दै नेकपा सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्व आईजीपी सर्वेन्द्र खनालविरुद्ध जाहेरी लिएर सरकारी वकिलको कार्यालय गएका हुन् ।

भने नेकपाका कार्यकर्ता आफ्ना नेता कार्यकर्ता तथा नेताहरूलाई निराधार आरोप लगाएको भन्दै साइबर क्राइमको जाहेरी लिएर सरकारी वकिलको कार्यालय पुगेका थिए ।

प्रहरीले उजुरी लिन अस्वीकार गरेपछि दुवै पक्ष सरकारी वकिलको कार्यालय पुगेका हुन् ।

सरकारी वकिलको कार्यालयले पनि जाहेरी लिन अस्वीकार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्