वीरगन्जको माईस्थानबाट एक किराना व्यवसायी पक्राउ



वीरगन्ज: प्रहरीले वीरगन्जको माईस्थानबाट एक किराना व्यवसायीलाई पक्राउ गरेको छ ।
मंगलबार वीरगन्ज ६ माईस्थान मन्दिर नजिकै रहेको न्यू निखिल जेनरल स्टोरका संचालक गौत्तम चौरसियालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रत्यक्षदर्शीका अनुसार आफ्नो पसल अगाडी उभिरहेको अवस्थामा चौरसियालाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको बताए पनि प्रहरीले यसको पुष्टी गरेको छैन ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता एवं डिएसपी विरेन्द्र बहादुर शाहीसंग पक्राउबारे बुझदा आफूलाई जानकारी नभएको बताए । हामीले प्रत्यक्षदर्शीले दिएको सूचनाको आधारमा तपाईहरु गौत्तमलाई उनकै पसल अगाडीबाट पक्राउ गरेर ल्याएको बुझिएको छ, यसको बारेमा के भन्नु हुन्छ भन्ना साथ डिएसपी शाहीले आफूलाई यो विषयमा केहि जानकारी नभएको भन्दै फोन काटिदिए ।

श्रोतका अनुसार पक्राउ परेको चौरसियालाई वडा प्रहरी कार्यालय विर्तामा राखिएको छ । चौरसिया माथि प्रहरीले कालोबजारी ऐन अन्तरगत मुद्दा चलाउने तयारी गरेको बुझिएको छ । यदपी वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक निर्मल पनेरुसंग समेत पक्राउबारे बुझन खोज्दा उनले फोन उठाएनन् ।

लकडाउन भएपछि स्थानिय प्रशासनले अत्यावश्यक बस्तु खरीद विक्री गर्न बिहान ११ बजेदेखि दिउँसो ३ बजेम्म किराना पसल संचालन गर्न छुट् दिएको थियो । तर पसलहरुमा अत्याधिक भिडभाड हुन थालेपछि माईस्थान र मिनाबजारका सम्पूर्ण तरकारी तथा किराना पसलहरु पूर्ण रुपमा बन्द गराएका थिए ।

मंगलबार करिब साढे १२ बजे आफ्नै किराना पसल खोलेर उभिरहेको अवस्थामा प्रहरीले चौरसियालाई नियन्त्रणमा लिएर गएको प्रत्यक्षदर्शीले बताए । प्रत्यक्षदर्शी अनुसार चौरसिया रंजनीगंधा खुटखाका पर्सा जिल्लाकै नामुद तस्कर रहेका छन् । विगत देखि प्रहरीकै साटघाटमा भारतबाट अवैध रुपमा रंजनीगंधा खुटखा भित्रियाएर वीरगन्ज बजारमा खुलेया विक्री वितरण गर्दै आएका थिए ।

४७ दिनदेखि निरन्तर लकडाउन र नाका बन्द हुँदा पनि गौत्तम संग रंजनीगंधाको स्टोक भन्ने सिधिएको छैन, सिमा बन्द हुँदा पनि तस्करीको माध्यमले खुटखा भित्रियाई चर्को मुल्यमा विक्री वितरण गर्दै आएका छन् । ४५ रुपैया पर्ने रंजनीगंधा खुट्खा अहिले बजारमा लुकीछिपी ९० देखि १०० सय रुपैयामा विक्री वितरण हुँदै आएको र यसको सप्लाई गौत्तम चौरसियाले नै गर्दै आएको बुझिएको छ ।

चैत १० गते बुधबारका दिन प्रदेश २ का मुख्यमन्त्री ज्यूको संसदीय क्षेत्र पर्साका प्रतिनिधिलाई अपराधी शैलीमा पक्राउ गरेर लगेपनि यसको सूचना दिन मानेका थिएन । घटनाबारे पर्साका प्रहरी उपरिक्षक, सूचना अधिकारी एवं डिएसपी, वडा प्रहरी कार्यालयका प्रहरी निरिक्षकहरुसंग जानकारी दिन खोज्दा सूचना लुकाईयो । १८ घण्टासम्म पक्राउ गरेकोबारे सूचना कसैलाई जानकारी गराइएको थिएन एक्कासी चैत ११ गते बेलुका गल्तीले समिरलाई उठाएर ल्याएको भन्दै माफि माग्दै प्रहरीले छोडेको श्रोतले जनाएको थियो ।

घरमा सुतिरहेका समिरलाई नियन्त्रणमा लिन प्रहरी अपराधी शैलीमा प्रस्तुत भएको स्थानियले आरोपसमेत लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्