नेकपाको सचिवालय बैठक बुधबारका लागि बोलाइयो



काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक भोली (बुधबार) बस्ने भएको छ। प्रधानमन्त्रीको सरकारी निवासमा आज दिउँसो प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको भेटवार्तापछि सचिवालय बैठक बस्ने सहमति भएको जनाएको छ ।

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएलगत्तै सचिवालय बैठक बोलाइएको हो ।  बैठक भोलि साँझ ५ बजे बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्