युट्युब र टिकटक हिट शिशिर र रचनाको गीत ‘फोटो फिरिममा’



काठमाडौं : शिशिर भण्डारी र रचना रिमालको सुमधुर आवाजमा केही समय अघि ‘फोटो फिरिममा’ भन्ने गीत सार्वजनिक भएको थियो । यो गीतलाई यतिबेला युट्युब र टिकटकमा अत्याधिक रुचाइएको छ । यस गीतमा शिशिर भण्डारीकै शव्द, संगीत तथा अभिनय पनि रहेको छ ।

गीतलाई छोटो समयमै युट्युबमा २२ लाख भन्दा बढिले हेरिसकेका छन् । त्यस्तै टिकटकमा ५५ हजारभन्दा बढिले टिकटक भिडियो बनाएका छन् ।

रचनाको आवाज र शिशिरको मर्मस्पर्शी शव्द संयोजन र संगीतले सबैको मन छोएको छ । धेरैले यस गीतलाई आफ्नो जीवनमा सुनेका गीतहरु मध्ये सबैभन्दा उत्कृष्ठ गीत भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्