नेपाली अभिनेत्री रिस्ता बस्नेत अभिनित भारतीय गीत ‘साथिया तेरे बिना’सार्वजनिक



काठमाडौं : नेपाली अभिनेत्री रिस्ता बस्नेतद्वारा डेब्यु भारतीय गीत ‘साथिया तेरे बिना’को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा ज्योतिका तंगरी र कार्तिक कुशको स्वरमा तथा संजिव पांडेको शब्द रहेको छ ।

रिस्ताको साथमा भारतीय मोडल मन्जुल खट्टर भिडियोमा फिचर्ड छन् । सम्राट शाक्यले निर्देशन गरेको भिडियोमा श्याम लामाको शृंगार, बसन्त घर्ति मगरको भीएफएक्स, पुरुसोत्तम प्रधान र अर्जुन जिसीको छायांकन तथा कमल राईको कोरियोग्राफी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्