दुर्घटनामा एकको मृत्यु



धादिङ : जिल्लाको धुनीबेसी नगरपालिका-९ मा आज टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा धुनीबेँसी नगरपालिका-९ का ३० वर्षीय अमृत बोगटीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए ।

नगरपालिकाको कच्ची बाटोमा बा ५ ख ६७७५ नं.को टिप्पर सडकबाट ५० मिटर तल खसेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्