विश्वमा कोरोना संक्रमितको संख्या ३० लाख ८५ हजार भन्दा बढि, कतिको मृत्यु ?



काठमाडौं : विश्व महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसका कारण मृत्यु हुने र संक्रमितको संख्या हजारौंले बढिरहेको छ । यो समाचार तयार पार्दासम्म कोरोना संक्रमणबाट विश्वभर २ लाख १२ हजार ५८० जनाको मृत्यु भएको छ ।

संक्रमण फैलिएका २ सयभन्दा बढी मुलुकमा संक्रमितको संख्या भने ३० लाख ८५ हजार ९३२ पुगेको छ । संक्रमितमध्ये ९ लाख ३४ हजार ८०७ जना उपचारपछि निको भएका छन् ।

मृत्यु हुनेको संख्या बढ्दो क्रममा रहे पनि संक्रमणपछि निको हुने दर ठूलो रहेको देखाउँछ।संक्रमण फैलिएका मुलुकहरुमध्ये सबैभन्दा बढी प्रभावित अमेरिकामा १० लाख ११ हजार ४०८ जना संक्रमित हुँदा ५६ हजार ८५५ जनाको मृत्यु भएको छ ।

यस्तै, युरोपेली मुलुक स्पेनमा कुल संक्रमित २ लाख ३२ हजार १३८ मध्ये २३ हजार ८२२ को मृत्यु भएको छ। यस्तै, अर्को प्रभावित मुलुक इटालीमा कुल संक्रमित १ लाख ९९ हजार ४१४ मध्ये २६ हजार ९७७ को मृत्यु भएको छ।

त्यस्तै फ्रान्समा अहिलेसम्म २३ हजार २९३ जनाले भाइरसका कारण ज्यान गुमाएका छन् भने १ लाख ६५ हजार ८४२ जनामा कोरोनाको संक्रमण देखिएको छ । जर्मनीमा एक लाख ५८ हजार ७६८ जना संक्रमित भएका छन् । मृतकको संख्या ६ हजार १३६ पुगेको छ ।

यस्तै, बेलायतमा एक लाख ५७ हजार १४९ जना संक्रमित हुँदा २१ हजार ९२ जनाको मृत्यु भएको छ । चीनमा मृतकको संख्या अहिलेसम्म ४ हजार ६ सय ३३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्