प्रदेश २ मा ४ हजार ७ सय जनाको आरडीटी परिक्षण, १० जनाको पोजेटिभ



जनकपुरधाम : प्रदेश २ का ८ वटै जिल्लामा मंगलबारसम्म ४ हजार ७ सय जनाको आरडीटी परीक्षण गरिएको छ ।

त्यसमध्ये १० जनाको रिजल्ट पोजेटिभ आएको छ भने ४ हजार ६ सय ९० जनाको रिपोर्ट नेगेटिभ देखिएको छ । प्रदेशमा आज (मंगलबार) मात्रै कुल १ सय ५ जनाको आरडीटी परीक्षण गरिएको हो ।

कोरोनाभाइरस संक्रमणको पहिचानका लागि गरिएको आरडीटी टेष्टअन्तर्गत सप्तरी जिल्लामा अहिलेसम्म ७ सय ८७ जनाको आरडिटी परिक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा त्यस जिल्लामा ४४ जनाको आरडीटी परिक्षण गरिएको हो ।

सिरहा जिल्लामा भने अहिलेसम्म ३ सय ३९ जनाको आरडिटी परिक्षण गरिएको छ । त्यस जिल्लामा पछिल्लो २४ घण्टामा एकजनाको पनि परीक्षण गरिएको छैन ।

धनुषा जिल्लामा पछिल्लो २४ घण्टामा एकजनाको पनि परिक्षण गरिएको छैन । यहाँ अहिलेसम्म कुल ४ सय ४७ जनाको आरडीटी टेष्ट गरिएको छ ।

महोत्तरी जिल्लामा कुल १ सय ६९ जनाको आरडीटी टेष्ट गरिएको छ । त्यहाँ पछिल्लो २४ घण्टामा एकजनाको मात्र आरडीटी परीक्षण गरिएको छ ।

सर्लाही जिल्लामा पछिल्लो २४ घण्टामा एकजनाको पनि परीक्षण गरिएको छैन । त्यस जिल्लामा अहिलेसम्म कुल १ सय ३० जनाको आररीटी टेष्ट गरिएको हो ।

रौतहटमा पनि मंगलबारसम्म कुल ४ सय ८२ जनाको आरडिटी टेष्ट गरिएको छ । त्यहाँ पछिल्लो २४ घण्टामा कसैको टेस्ट गरिएको छैन ।

बारामा पछिल्लो २४ घण्टामा ६ जनाको परीक्षण गरिएसँगै त्यहाँ अहिलेसम्म कुल १ सय ५३ जनाको आरडिटी टेस्ट गरिएको हो ।

प्रदेश २ मा सबैभन्दा बढी पर्सा जिल्लामा कुल २ हजार १ सय ९२ जनाको आरडिटी टेष्ट गरिएको छ । पर्सामा पछिल्लो २४ घण्टामा ४३ जनाको आरडीटी परीक्षण गरिएको छ ।

सामाजिक विकास मन्त्रालय प्रदेश २ का सचिव डा।रामप्रसाद घिमिरे परीक्षणका लागि प्रदेशका ८ वटै जिल्लामा काठमाडौंबाट आएको ६ वटा टिम, जनकपुरबाट २ वटा टिमसहित सम्बन्धित जिल्लामा रहेका जनशक्तिलाई समेत परिचालन गरिएको छ ।

टोलीमा मेडिकल डाक्टर,जनस्वास्थ्य विज्ञ, विश्व स्वास्थ्य संगठनको प्रतिनिधि र ल्याब टेक्निसियनहरु रहेको सचिव घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्