कोरोना संक्रमणबाट भारतमा ज्यान गुमाउनेको संख्या १ हजार नाघ्यो



एजेन्सी : विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट भारतमा ज्यान गुमाउनेको संख्या १ हजार नाघेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ६९ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १ हजार ८ पुगेको हो ।

भारतमा एकैदिन थप १ हजार ९०९ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ३१ हजार ३६० पुगेको छ ।

भारतमा संक्रमितमध्ये ७ हजार ७४७ जना उपचारपछि निको भएका छन् । २२ हजार ६०५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्