नेकपा सचिवालय बैठक बस्दै



काठमाडौं : प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मंगलबार छलफल भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफल पश्चान आज (बुधबार) नेकपा सचिवालय बैठक बस्ने सहमति भएको हो ।

सोही सहमति अनुसार आज साँझ ५ बजे बालुवाटारमा सचिवालय बैठक बोलाइएको छ ।

प्रधानमन्त्री ओलीको कार्यशैलीलाई लिएर नेकपाभित्र आन्तरिक विवाद पेचिलो बन्दै भएको छ ।

आफू अल्पमतमा परेपछि ओलीले बैठक छल्ने प्रयासमा थिए । नेकपा अध्यक्ष प्रचण्ड, नेकपाका वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल र उपाध्यक्ष बामदेव गौतम लगायतका नेताहरुको दवावमा ओली आफ्नो पक्षमा बहुमत जुटाउद बैठक बस्ने तयारी गरेका छन् ।

पार्टी फुटाउने उद्देश्यले राजनीतिक दलसम्बन्धी अध्यादेश एक्कासी जारी गरेपछि प्रधानमन्त्री ओलीको पार्टीभित्र र बाहिरबाट चर्को आलोचना भइरहेको छ । चौतर्फी विरोध भएपछि अध्यादेश खारेज भइसकेको छ । तर, अध्यादेशको औचित्यबारे छलफल गर्न प्रचण्ड र नेपाल पक्षले सचिवालय बैठक बोलाउन माग गर्दै आएका थिए ।

बुधबारको सचिवालय बैठकले स्थायी कमिटी बैठकको मिति तय गर्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्