सरकारले गरेको कामको मूल्यांकन गर्न कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै



काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । समसामायिक राजनीतिक विषयमा छलफल गर्न पार्टी केन्द्रीय कार्यालय सानेपामा आज (बुधबार) दिउँसो २ बजे बैठकमा बस्न लागेको हो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार पार्टीको आन्तरिक छलफलभन्दा पनि समसामयिक राजनीतिक विषय र कोरोनाभाइरससँग सम्बन्धित विषयमा छलफल हुन लागेको हो ।

प्रवक्ता शर्माले–‘कोरोनाभाइरसको जोखिम नियन्त्रण र रोकथामका लागि सरकारले गरिरहेको कामको मूल्यांकन, भएका कमिकमजोरीहरुलाई सुधार्न सुझाव दिने र यस्तो बेला पार्टीको भूमिका कस्तो हुने भन्ने विषयमा छलफल हुन्छ ।’

‘अहिलेको अवस्थामासत्तारुढ दल र सरकारले जे गर्नुपर्ने त्योभन्दा नगर्नुपर्ने काममा लागेको छ । त्यसमा प्रमुख प्रतिपक्षीको भूमिकाका साथै बजेट अधिवेशन समयमै बोलाउनुपर्ने हुन्छ’ प्रवक्ता शर्माले भने ।

पार्टी कार्यालयका अनुसार बैठकमा करिब ९० जना जति उपस्थित हुनुपर्ने हो तर काठमाडौं बाहिर टाढाको जिल्लाबाट आउन अप्ठ्यारो भएकाले ६० जनाको हाराहारीमा उपस्थित हुने अनुमान गरिएको शर्माको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्