अभिभावककै खर्चमा बंगलबादेशबाट विरामी विद्यार्थीको उद्धार



काठमाडौं : बंगलादेशको रंगपुर मेडिकल कलेजमा अध्ययनरत एक नेपाली विद्यार्थीलाई अभिभावककै खर्चमा नेपाल ल्याइएको छ ।

बंगलादेशको राजधानी ढाकाबाछ ३ सय किलोमिटर दुरीमा पर्ने रंगपुरमा एमबीबीएस चौथो वर्षमा अध्ययनरत काठमाडौंकी ती छात्रा विरामी भएपछि अभिभावककै खर्चमा नेपाल ल्याइएको बुद्ध एयरले जनाएको छ ।

मंगलबार बिहान साढे १० बजे दुई नेपाली चिकित्सक, चालकदलका सदस्यसहित ढाका उडेको बुद्धको एटीआर–४२ विमान मंगलबारै दिउँसो पौने ४ बजे काठमाडौं आइपुगेको थियो ।

८ जनामात्रै रहेको उक्त उडानमा बिरामीका अभिभावकलाई भने जाने अनुमति दिइएको थिएन ।
बुद्धका एक अधिकारीले भने–‘बिरामीलाई ढाकाबाट दुबई, बैंकक, भारत र बंगलादेशमा रहेका जहाजमार्फत एयर–लिफ्ट गरेर काठमाडौं ल्याउन परिवारले धेरै दिनदेखि प्रयास गरेका रहेछन् ।

अहिलको अवस्थामा त्यताबाट जहाज चार्ट गर्न नसकिएपछि अभिभावक हाम्रो सम्पर्कमा आएका थिए । सबै प्रक्रिया मिलाउँदा सोमबार राति १० बजे मात्रै परराष्ट्र मन्त्रालयबाट ढाका चार्टरको अनुमतिको पत्र पायौं ।’

ढाकामा नेपाली दूतावाससहित मेडिकल अध्ययनरत नेपाली विद्यार्थीहरू नवीन यादव, दिगम्बर यादव, अतिश घिमिरे, डा. निरोज कार्कीले बिरामीलाई एम्बुलेन्समार्फत शाह जलाल अन्तर्राष्ट्रिय विमानस्थलमा पुर्याई नेपाल पठाउने प्रक्रिया मिलाइदिएका थिए ।

ढाकाबाट उद्धार गरिएका विरामी विद्यार्थीहरुलार्ए बुद्ध एयरले अभिभावकको जिम्मा लगाएको थियो । विमानस्थलबाट थप उपचारका लागि एम्बुलेन्समा राखेर सीधै मीनभवनस्थित सिभिल अस्पताल लगिएको हो ।

प्रतिक्रिया दिनुहोस्