प्रदेश २ मा थप तीनजना कोरोना संक्रमित भेटिए, संख्य ५७ पुग्यो



काठमाडौं– नेपालमा थप तीन जनामा कोरोना संक्रमित व्यक्तिहरू भेटिएका छन् ।

आज (बुधबार) प्रदेश २ का थप ३ जनामा कोरोना संक्रमण भेटिएको हो । बारा जिल्लाको एक र पर्सा जिल्लाको दुईजना गरि प्रदेश २ मा थप तीनजना कोरोना संक्रमित भेटिएका हुन् ।

भारतको दिल्लीस्थित निजामुद्धिन मर्कजबाट आएका जमातीहरुको सम्पर्कमा रहेका व्यक्तिहरुलाई कोरोना संक्रमण भएको पाइएको छ ।

विरगञ्जको सिद्धार्थ स्कूलको क्वारेन्टाइनमा रहेका एक जना र सिमरा क्वारेन्टाइनमा रहेका २ जना गरि थप ३ जनामा कोरोना संक्रमण देखिएको वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल स्रोतले जनाएको छ ।

हेटौंडास्थित ल्यावमा उनीहरुको स्वाब परिक्षणका क्रममा कोरोना पोजेटीभ भेटिएको स्रोतले जनाएको छ ।

योसंगै प्रदेश २ मा १३ र नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्