डिपिएल : पहिलो खेल विराटनगर किंग्स र धनगढी स्टार्सबीच हुने



कैलाली : धनगढी प्रिमियर लिग क्रिकेट डीपीएलको ट्रफी सार्वजनिक गरिएको छ । प्रतियोगिताका सद्भावना दुत जोन्टी रोड्स र धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले संयुक्त रुपमा प्रतियोगिताको ट्रफी सार्वजनिक गरेका हुन् । शनिबारबाट सुरु हुने प्रतियोगीता फागुन ११ गतेसम्म चल्नेछ ।

 

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट मान्यता प्राप्त प्रतियोगितामा धनगढी स्टार्स, रुपेन्देही च्यालेन्जर्स, महेन्द्रनगर यूनाइटेड, सिवाइसी अत्तरिया, काठमाडौं गोल्डेन्स र विराटनगर किंग्सको सहभागिता रहनेछ ।

 

उपाधि विजेताले ३० लाख रुपैंया हात पार्ने प्रतियोगीताको पहिलो खेल करन केसी रणनीतिक खेलाडी रहेको विराटनगर किंग्स र सोमपाल कामीको धनगढी स्टार्सबीच प्रतिस्पर्धा हुनेछ । 

 

यद्यपी उद्घाटटन खेल स्थगित हुने सम्भावन रहेको छ । लगातारको वर्षाका कारण विराटनगर किंग्स र रुपन्देही च्यालेन्जर्सबीचको उद्घाटन खेल स्थगित हुनसक्ने आयोजकले जनाएको छ ।

 

प्रतियोगीताको उपविजेताले १२ लाख रुपैँया हात पार्नेछ । यस्तै, तेस्रो हुनेले ४ लाख र चौंथो हुने टोलीले २ लाख नगद पुरस्कार पाउने छन् । प्रतियोगिताको गोल्डस्टार मोस्ट भ्यालुएबल प्लेयरले (सुनको जुत्ता), प्रत्येक खेलका म्यान अफ द म्याचलाई १५ हजार, म्यान अफ द सीरिज, वेस्ट ब्याट्सम्यान र बेस्ट बलरलाई समेत पुरस्कारको व्यवस्था गरिने आयोजकले जनाएको छ ।

 

टी-२० को आधारमा हुने प्रतियोगिताको लिग चरणमा प्रत्येक टिमले एकआपसमा एक–एक खेल खेल्ने छन् । 

 

शीर्ष चार टोली प्ले–अफमा पुग्नेछन् । त्यसमा पहिलो र दोस्रो हुने टिमको विजेता फाइनल पुग्नेछ । त्यसमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने टिमसँगको विजेतासँग फाइनल प्रवेशको लागि खेल्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्