लकडाउनलाई कडाई गर्दा पनि सडकमा निस्किन छाडेन्न सर्वसाधारण (भिडियोसहित)



काठमाडौं : कोरोनाभाइरसको रोकथाम र नियन्त्रणका लागी सरकारले गत चैत ११ बाट लकडाउन लागू ग-यो ।

लकडाउनका कारण उद्योग, कलकारखाना, व्यवसाय सबै बन्द नै छन् । दैनिक ज्याला गरेर जिविकोपार्जन गर्ने मजदुर भने यसबाट झनै प्रभाावित भए । रोजगारी नभएपछि खाद्यय सामग्री सकिँदै जाँदा उनीहरू बाहिर निस्कन थाले । हजारौंको संख्या सयौं किलोमिटर यात्रा पैदल तय गर्दौ गन्तवयतर्फ लागे । जसका कारण सडकमा सर्वसाधारणको उपस्थिति उल्लेख्य हुन थाल्यो ।

लकडाउनको ३७ औं दिनसम्म पनि लकडाउनको उल्लंघन गर्ने क्रम जारी नै छ । सर्वसाधारणहरू घरबाट निस्कन छाडेका छैनन् भने सवारीसाधनहरू पनि त्यत्तिकै मात्रामा गुडेका छन् ।

लकडाउन केही खुकुलो भएको पाइएपछि सोमबार गृह मन्त्रालयले थप कडा बनाउन देशभरका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको थियो । तर, पनि लकडाउन उल्लंघन गर्नेको संख्यामा भने कुनै कमी आएको छैन । कोरोनाभाइरस नियन्त्रणका लागि लकडाउन गरिए पनि देशैभर जनस्तरबाटै यसको उल्लंघन गर्ने काम पनि उल्लेख्य रूपमा भइरहेकै छ ।

सडकमा अत्यावश्यक र पास लिएका सवारीसाधनसँगै अन्य सवारीसाधन पनि गुड्न थालेपछि प्रहरीले जाँचमा कडाइ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार बुधबार विहान लकडाउन उल्लंघन गर्ने ४ सय ७६ सवारी कारवाहीमा परेका छन् । उपत्यकामा ३१ चार पाङग्रे र ४ सय ४५ दुई पाङग्रे सवारी कारवाहीमा परेका हुन् ।

यसअघि केही खुकुलो देखिएको लकडाउन मंगलबारबाट थप कडा पारिएको हो । अरू दिनको तुलनामा काठमाडौं उपत्यकका विभिन्न स्थानमा सवारी जाँच पनि कडा पारिएको छ। लकडाउनका अवधिमा मंगलबार सबैभन्दा धेरै अर्थात १ हजार ४ सय १४ सवारी कारवाहीमा परे ।

कुन दिन कती सवारी करवाहीमा ?
लकडाउनको पहिलो दिन अर्थात चैत ११ गते प्रहरीले कुनै पनि सवारीलाई नियन्त्रणमा लिएको थिएन । दोस्रो दिन चैत १२ गते साना र ठूला सवारी गरी १ हजार ६३ कारवाहमिा परेका थिए । त्यसैगरी चैत १३ गते २ सय ५३, चैत १४ गते २ सय १६, चैत १५ गते १ सय ३९, चैत १६ गते २ सय ४३, चैत १७ गते २ सय ४२, चैत १८ गते ३ सय १, चैत १९ गते ३३३, चैत २० गते ३२४, चैत २१ गते ४०७, चैत २२ गते ५७६, चैत २३ गते ५४९, चैत २४ गते ७८७, चैत २५ गते ६९४, चैत २६गते ४५६, चैत २७ गते ४३७, चैत २८ गते ४६५, चैत २९ गते २७९, चैत ३० गते ४२० वटा साना र ठूला सवारी कारवाहीमा परेका थिए ।

त्यसैगरी वैशाख १ गते २८३, वैशाख २ गते ४८९, वैशाख ३ गते ४६९, वैशाख ४ गते ६०६, वैशाख ५ गते ४७०, वैशाख ६ गते ३०२, वैशाख ७ गते ३९७, वैशाख ८ गते ३७५, वैशाख ९गते २९१, वैशाख १० गते ४८८, वैशाख ११ गते ५४८, वैशाख १२ गते ३९३, वैशाख १३ गते ३०२, वैशाख १४ गते ४५३, वैशाख १५ गते ५३७, वैशाख १६ गते १४१४ वटा साना र ठूला सवारी कारवाहीमा परेका छन् ।

आज लकडाउनको ३७ औं दिन । राजधानीमा पनि सर्वसाधारणले लकडाउन उल्लंघन गर्ने क्रम बढेपछि आज बिहानैदेखि सुरक्षाकर्मीहरूको उपस्थिति उल्लेख्य देख्न सकिन्छ । ठाउँ–ठाउँमा पास नभएका सवारीसाधन पनि चलेको पाइएको भन्दै जाँचमा कडाइ गरिएको प्रहरीको भनाइ छ ।

महानगरीय ट्राफिक कार्यलयका प्रवक्ता जिवन कुमार श्रेष्ठले कोरोनाभाइरसको संक्रमण फैलिनबाट रोक्न लकडाउनको पूर्ण पालनाको विकल्प नभएको बताए । एसपी श्रेष्ठले भने– ‘अत्यावश्यक काम र पासबिना गुड्ने सवारीलाई नियन्त्रणमा लिएका छौं । लकडाउन मिच्नेविरुद्ध कडाइका साथ प्रस्तुत हुन्छौं ।’

पछिल्लो समय उपत्यकालगायत देशका अन्य ठूला सहरबाट गाउँ जाने सर्वसाधारणको भिड देखिन्थ्यो। स्थानीय तहहरूले गाडी नै बुकिङ गरी आफ्ना नागरिकहरूलाई गाउँ भित्र्याइरहेका थिए ।

यसअघि स्थानीय नयाँ बानेश्वर, सिंहदरबार, त्रिपुरेश्वर, हनुमानथान, थापाथली, टेकु, दरबारमार्गलगायत मुख्य–मुख्य चोकमा प्रहरी चेकिङ कडा पारिएको छ। यस्तै मंगबारबाट काठमाडौं उपत्यका भित्रिने र बाहिरिने कार्यमा पूर्ण रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले परिवारका सदस्यको मृत्यु संस्कारमा जानेहरुका लागि मात्र पास वितरण गर्ने जनाएको छ । सवारी पासको माग अत्यधिक बढ्नुका साथै भिडभाड हुन गई लकडाउनको समेत उल्लंघन हुने अवस्था सिर्जना भएकोले गर्दा उक्त निर्णय गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्