नायिका पूर्जा शर्माको आज जन्मदिन, कति वर्ष पुगिन् ?



काठमाडौं : आज नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका पूर्जा शर्माको जन्मदिन परेको छ । वैशाख १६ गते सिन्धुपाल्चोकमा जन्मेकी पूजाले आज आफ्नो २७ औं जन्मदिन मनाउदैछिन् ।

लकडाउनका कारण आजको जन्मदिन भने पूजाले आफ्नो परिवार र नजिकका साथिहरुसँग घरैमा मनाउँदै छिन् ।

चलचित्र ‘थ्री लभर्स’ बाट नेपाली चलचित्रमा पाइला टेकेकी पूजाले म यस्तो अझै पनि, प्रेम गीत, गीत गाउछु, रामकहानी, पोई पर्यो काले लगायतका चलचित्रमा अभिनय गरेकी छिन् । नायिका पूर्जा शर्मालाई जन्मदिनको शुभकामना ।

प्रतिक्रिया दिनुहोस्