‘प्रहरी, पत्रकार, स्वास्थकर्मी र गरिब विपन्नलाई सहयोग गर्न पाउँदा खुसी छु’-अन्जु झा



रौटहट: (कोभिड-१९) कोरोना भाइरसले विश्व नै अक्रान्त छ । लाखौंले ज्यान गुमाएका छन् ।

हजारौं जना कोरोनाको प्रकोपसँग लडिरहेका छन् । हाम्रो देश नेपालमा पनि संक्रमितको संख्या दिनानु दिन बढिरहेको छ । देशमा संक्रमितको संख्या ५८ पुगेको छ । रौतहटमा आज मात्र २ जना थपिएका छन् ।

देशमा १६ जना निको भई घर फर्किएका छन् । जनताको जिउ ज्यान रक्षाको लागि सरकारले लकडाउनको घोषणा गरेको छ । मुलुकको आर्थिक अवस्था खस्कंदै गएको छ । मजदुर विपन्नको जीवन शैली पिडादायी र कष्टकर बन्दै गएको छ ।

स्थानीय सरकारदेखि विभिन्न आइ एन जि ओहरु आ-आफ्नो तरिकाले राहत र सहयोग गर्न लागि परेका छन् । यसैबिच रौतहट जिल्लाका समाजसेवी अन्जु झाले सुरक्षा कर्मी ,पत्रकार, स्वास्थकर्मी र स्थानीयलाई सहयोग गरेकी छिन् ।

मान्डबीका निर्देशकसमेत रहेकी उनले ज्यानको बाजि लगाएर खटीरहेका रौतहटका सुरक्षाकर्मी ,पत्रकार, स्वास्थकर्मीलाई र विभिन्न स्थानीयतह र दैविकप्रकोप उद्दार समिती मार्फत स्थानीयलाई लाखौं मुल्य बराबरको स्वास्थ सामाग्री, खाद्यान्न सामाग्रीसहित त्रिपाल सहयोग गरेकी छिन् ।

उनले धनुषा, सर्लाही, सिनधुली र त्यहाँका स्वास्थकर्मीलाई स्वास्थ सामाग्री पठाएर ढाडस दिएकी हुन् । संस्था मान्डबी र आफ्नो व्यक्तिगत तर्फबाट विगत लामो समयदेखि सामाजिक कार्यमा, शिक्षा सुधारको अभियानमा, स्वास्थ, महिला हिंसा न्यूनीकरण, मुस्लिम देखि अति विपन्न समुदायको आर्थिक समृद्धिको लागि उदाहरानिय भुमिका र सहयोग गर्दै उनले चालेको सहयोगी कदमले धेरैको मन उनले जितेकी प्रबुद्ध वर्गको भनाइ छ ।

उनले गरेका सहयोगहरु :

रौतहट जिल्लामा इलाका, चौकीमा रहेका प्रहरीको लागि ५० लिटर मेडिकेटेड सेनेटाइजर, ग्लोबस गरि लाखौ मुल्य बराबरको स्वास्थ सामाग्री वितरण, रौतहट जिल्लाको इलाका प्रहरी कार्यालयको लागि किटनाषक औसधि छर्किने उच्च क्वालिटीको स्प्रे मेसिन, रौतहटका शस्त्र प्रहरीलाई सहयोगको लागि एन ९५ माक्स १०० पिस, गौर नगरपालिकाको मेयर अजय गुप्ता मार्फत दस थान पिपिइ एन ९५ माक्स ५० थान ,थर्मागन ३ पिस, स्प्रे टायान्की ४ पिस र केही खाधान्न सामाग्री, रौतहटका प्रमुख जिल्ला अधिकारी एवं बिपद वयवस्थापन समितिका अध्यक्ष बासुदेब घिमिरे मार्फत कटहरियाका असिना पीडितलाई भनेर ६० पिस त्रिपाल सहयोग,महोत्तरीको रेडक्रस सोसाइटीको ड्राइभरलाई पिपिइ स्प्रे मेसिनसहित स्वास्थय सामाग्री वितरण, पत्रकार महासंघका सचिव गौतम श्रेष्ठ मार्फत जिल्लामा रहेका सक्रिय पत्रकारहरुको लागि ९६ पिस सेनेटाइजर सहयोग, सिन्धिली अस्पतालमा ८ वटा पिपिइ सहयोग, निर्देशक झाले रौतहटसहित मधेसका जिल्लामा कार्यरत पत्रकार, स्वास्थ कर्मी, सुरक्षा निकाय र अति विपन्न वर्गप्रति देखाएको स्नेह ,हार्दिकता र सहयोगले यस कोरोना संक्रमणको घडीमा बिचलित मनहरुलाई तत्काल राहत मिलेको भन्दै स्थानीय बुद्धिजिविले निर्देशक झाप्रति उच्च सम्मान व्यक्त गरेका छन् ।

उनले यो समयमा सुरक्षाकर्मी, स्वास्थकर्मी, पत्रकार र गरिबलाई सेवा गर्न पाउँदा आफू खुसी र गौरवान्वित महसुस भएको बताएकी उनले अभियान सर्लाहीसहित अन्य जिल्लामा जारी राख्ने छिन् ।

प्रतिक्रिया दिनुहोस्