एैंसेलु र काफल खान प्रदीप पुगे आफ्नै गाँउ गोदावरी



काठमाडौं : संसारभर फैलिएको कोरोनाभाइरसको न्यूनीकरण गर्न सरकारले देशैभर ‘लकडाउन’ गरेको छ । यतिबेला नेपाली सेलिब्रेटीहरु फुर्सदमा छन् ।

धेरै कलाकारहरु यतिबेला सामाजिक सञ्जालमा सक्रिया छन् । आफ्नो शुभचिन्तकहरुलाई पनि विश्वसनिय कुराहरु पनि सेयर गर्दै आएका छन् । त्यस्तै नायक प्रदीप खड्का भने लकडाउनमा एैंसेलु र काफल टिप्न निस्किएका छन् । निर्माता सन्तोष सेनसँग प्रदीप एैंसेलु र काफल टिप्न गोदावरीको जंगल पुगेका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा निमार्र्ता सन्तोष सेनले फोटो पोष्ट गर्दै लेखेका छन् । गोदावरी नजिकै माथि प्रदीपको गाउँ घुमेर एैंसेलु र काफल खानु खाईयो । प्रदीप खड्का अभिनित चलचित्र प्रेम गीत ३ को प्रदर्शन मिति गएको चैत २८ लाई तोकिएको थियो । तर कोरोनाको संक्रमण फैलिएपछि चलचित्रको प्रदर्शन मिति स्थगित गरियो ।

प्रतिक्रिया दिनुहोस्