‘सहयोगको समान लिएर जादा आशु झार्दै धन्यवाद दिंदा रातभरि निदाउ सकिन’-केदार गान्धारी



काठमाडौंः विश्वभर महाब्याधीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड-१९) संक्रमण रोक्न नेपाल सरकारले गत चैत ११ गतेदेखि देशव्यापी लकडाउन (बन्दाबन्दी) गरेको छ ।

सबैको मनमा लाग्यो यो अन्तर्राष्ट्रिय अभ्यास हो । लकडाउनको अवधि सकिएको दिन खुल्छ होला, तर त्यो भएन नेपालमा कोभिड-१९ को संक्रमण दर प्रतिदिन बढ्दै गयो र लकडाउनको अबधी र कडाई बढ्दै गएको छ ।

एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीयतहबाट अर्को तहसम्म जान रोक लगाइएपछि अधिकांस मजदुर तथा दैनिक ज्याला मजदुरी गरि खाने नेपालीको भान्सा बल्न छोड्यो । कतिपय सडकमा कसैले राहत दिन्छन् की भनेर आउन थाले भने कति सरकारको उपस्थितिको प्रतिक्षा गरे ।

सरकारले सबै स्थानीयतहलाई परिपत्र गरि पहिलो चरणमा अति आवश्यक परेकालाई राहत वितरण त सुरु गर्यो तर, गरिव, मजदुर तथा काठमाडौंका कोठा भाडामा बस्ने विपन्नसम्म पुग्न सकेन ।

यसैबीचमा काठमाडौंको ठमेलमा समुदायमा आधारित सारङगी रेस्टुरेन्ट चलाइरहेका केदार गान्धारीले त्यस्ता विपन्न तथा देशभरि रहेका गन्धर्व समुदायको चुलो बाल्न केदार फुड्स क्याम्पको सुरुवात गरे । अहिले सोहि क्याम्प मार्फत केदार गान्धारीले सारंगी सोसियल इन्टरप्राइजेज, गन्धर्व संघसंस्थाको सहकार्यमा करिब ३ सय बढी असाहाय तथा विपन्नलाई राहत वितरण गरेको बताउँ छन् ।

उनले भने,‘कहिले बिहानै ५ बजेनै फोन आउछ, राहत पुर्याउन जान्छु कहिले मध्यरातमा मोवाइलमा एसएमएस आउछ ।’ राहत वितरणमा उनि आफु मात्रै होइन आफ्ना समुदायका विभिन्न पेशा व्यवसायमा काम गर्ने साथीहरुको साथमा अघि बढेका छन् ।

गन्धर्व सांस्कृतिक कला संगठनका अध्यक्ष पुजन गन्धर्व, संगठनका सचिव सन्तोष गन्धर्व, गन्धर्व समाज नेपालकी उपाध्यक्ष पम्पा गान्धारी, कोषाअध्यक्ष अमृत गान्धारी, सदस्य सुवास गान्धारी, सुरेश गान्धारी तथा जिवन गन्धर्वले निरन्तर सहयोग गरेका छन् ।

पेशाले म्यूजिक थेरापिष्ट रहेका गान्धारीले २०७२ सालको भूकम्पमा पनि प्रभावित जिल्लाका गन्धर्व समुदायका लागि आर्थिक सहयोग जुटाएर प्रदान गरेका थिए । गान्धारीले भने, ‘सुरुमा यो झमेलामा नफसौं भन्ने लागेको थियो तर पछि विदेशमा रहेका केहि साथीहरुले निरन्तर सहयोग गर्ने बचन दिएपछि क्याम्पियन सुरु गरे । आज खुशी लाग्छ, कलंकीको स्यूचाटारमा रहेकी दुई महिनाकी सुत्केरी माइली परियारको कोठामा सामान्य सहयोग लिएर जादा आशु झार्दै धन्यवाद दिंदा रातभरि निदाउ सकिन ।’

मानिसलाई कयौं दुःखहरु हुन्छन् तर खान नपाउनु र बालबालीकाको भोक मेटउन नपाउनुको महशुस त्यो घटनाले गरायो । गोरखा घर भइ हाल काठमाडौंमा डेरा गरि बस्ने आर्थिक अबस्था कमजोर भएकी संगीता गायक प्रशव पिडाले टिचिङ हस्पीटलमा छट्पटिदा आफ्नो सानो सहयोग उनका लागि भगवान सावित हुदा खुशी लागेर आयो । अनि सहयोग जुटाउने हौसला बढ्यो ।’उनले भने–‘हामीले गन्धर्व समुदायका परिवारलाई मात्रै नभइ विभिन्न समुदायका विपन्नलाई सहयोग गरेका छौं ।’ अहिले विद्यार्थी, बृद्ध, अपाङ, अशक्त तथा मजदुरलाई खाद्यान्य दाल, चामल, तेल, नुन तथा अत्यावश्यक परेमा ग्यास पनि उपलव्ध गराइरहेको बताए ।

उनले केदार फुड्स क्याम्प र गन्धर्व संस्थाको सहकार्यमा काठमाडौं, भक्तपुर, ललितपुर, दाङ, बाग्लुङ, गोरखा, लम्जुङ, तनहु लगायतका विभिन्न जिल्लामा सहयोग गरेको बताए । उनले सुनाए ‘धुर्मुस सन्तलीले चालेको अभियान देख्दा अचम्म लाग्थ्यो मानिसले कसरी विश्वास गर्छन् तर सच्चा र इमान्दार मनले सहयोगको लागि हात फैलाए सहयोगी मनहरु हजारौंबाट लाखौं बनेको थाहै हुदो रैनछ ।’ उनले विपन्नलाई सहयोग गर्न चाहानेलाई सहयोग गर्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्