
काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय बैठक प्रधानमन्त्रीका सरकारी निवास बालुवाटारमा शुरु भएको छ ।
बैठकमा पार्टीभित्र उत्पन्न विवाद समाधानका विषयमा छलफल हुने बताइएको छ ।
आजको बैठकले स्थायी कमिटीको बैठकको मिति तय गर्ने बताइएको छ । तर, प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली सचिवालयको बैठक बोलाउने पक्षमा छैनन् ।