नेपाल औषधी उत्पादक संघद्वारा नेपाल चिकित्सक संघ नारायणीलाई ज्याकेट प्रदान



वीरगन्ज: कोभिड-१९ को संक्रमणलाई रोकथाम तथा नियन्त्रण गर्न सरकारले लागु गरेको लकडाउनलाई थप प्रभावकारी बनाउन पर्सा प्रहरीले कडाईका साथ लागि परेको छ ।

लकडाउनमा अतिआवश्यक बाहेक सम्पूर्ण सेवाहरु ठप्प पारिएको छ । बाटोमा आवतजावत गर्नेलाई समेत प्रहरीले कडा निगरानी गरेको छ ।

महानगरको विभिन्न ठाउँमा चेकजाँचको लागि खटेका वा गस्तीमा रहेका प्रहरीले मोटरसाईकल गुडेको देख्ना साथ नियन्त्रणमा लिने गरेकाले कतिपय चिकित्सकहरुले डा.लेखेको सांकेतिक चिन्हकै कारण आकस्मक दुव्यर्वहारमा पर्ने गरेका छन् ।

चेकजाँचको क्रकमा चिकित्सकहरु नै प्रहरीको दुव्र्यवहारमा पर्न थालेपछि नेपाल औषधी उत्पादक संघले बाटोमा हिड्न सहज होस् भन्ने उदेश्यले बुधबार एक कार्यक्रमको बीच पर्सा जिल्लाका चिकित्सकहरुको लागि ज्याकेट उपलब्ध गराएको छ ।

नेपाल चिकित्सक संघ केन्द्रीय समितिको समन्वयमा पर्सा जिल्लाका चिकित्सकहरुको लागि ३०० थना ज्याकेट उपलब्ध गराईएको नारायणी अस्पतालका बरिष्ठ चिकित्सक डा.उदय नारायण सिंहले बताए । नेपाल औषधि उत्पादक संघका केन्द्रीय कोषाध्यक्ष प्रभात रुङ्गटाले नारायणी अस्पतालमा पुगेर नेपाल चिकित्सक संघका नारायणी शाखा अध्यक्ष डा.अरुण कुमार सिंहलाई ज्याकेट हस्तान्तरण गरेका हुन् ।

कोभिड-१९ को महमारीको समयमा चिकित्सकहरुलाई अत्यावश्यक कामको लागि बाहिर निस्कदा प्रहरी प्रशासनबाट दुव्यर्ववहार खेप्नु पर्ने अवस्थालाई मध्यनजर गर्दै सो ज्याकेट प्रदान गरिएको रुङ्गटाले जनाए । अब उप्रान्त ज्याकेट लगाएर बाहिर निस्कदा केही मात्रामा भए पनि सहज महसुस हुने अस्पतालका चिकित्सक डा.दिलिप चौरसियाले बताए ।

ज्याकेट हस्तान्तरण कार्यक्रममा अस्पतालका वरिष्ठ चिकित्सक डा.निरज सिंह, डा. दिपक कुमार चौरसिया लगायतको सहभागिता रहेको थियो । नेपाल औषधि उत्पादक संघद्वारा प्रदान गरिएको ज्याकेट उपचारमा संलग्न सम्पुर्ण चिकित्सकहरुलाई वितरण गरिने डा.उदय नारायण सिंहले बाताए ।

प्रतिक्रिया दिनुहोस्