बिरामीको मृत्युपछि अस्पताल तोडफोड, छजना पक्राउ 



चितवन :  भरतपुरस्थित मनकामना अस्पतालमा उपचारका लागि आएका एक बिरामीको मृत्यु भएपछि परिवारजनले अस्पताल तोडफोड गरेका छन् ।

भरतपुर महानगरपालिका–९ सरदपुरका ३८ वर्षिय कृष्णप्रसाद भुसालको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले शुक्रबार मनकामना अस्पताल तोडफोड गरेका हुन् ।

दाउरा काट्न रुख चढेका भुसाल रुखबाट लडेर सख्त घाइते भएका थिए । उनलाई उपचारका लािग मनकामना अस्पताल ल्याइएको थियो । तर उनको उपचारकै क्रममा अस्पतालमा मृत्यु भएको थियो । मृतकका आफन्तले उपचारमा अस्पतालका चिकित्सकले लापरबाही गरेका कारण  मृत्यु भएको आरोप लगाएका छन् ।

तोडफोडबाट अस्पतालको प्रतीक्षागृहको सीसा फुटेको छ भने कागजपत्र च्यातिएको छ । तोडफोडबाट करीब एक लाख रुपैयाँ बराबरको क्षति भएको चितवन जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

यसैबीच, अस्पताल तोडफोडमा संलग्नता आरोपमा प्रहरीले छ जनालाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्