माधव नेपाल दुई घण्टा अन्तर्राष्ट्रिय विभाग प्रमुखसँग भिडियो कन्फरेन्समा व्यक्त



काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठन नेता माधव कुमार नेपाल चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुखसँग भिडियो कन्फरेन्समा व्यक्त भएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केपी ओली पक्षका सांसदहरूको भेला र हस्ताक्षर संकलन चलिरहेका वेला नेपाल भने चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख सङ ताओसहितसँग भिडियो कन्फरेन्समा व्यस्त भएका हुन् ।

यद्यपि, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल पक्षधर नेताहरूले पनि सांसदहरूलाई संगठित गर्ने प्रयास गरिरहेका छन् ।

नेपालका स्वकीय सचिव मोहन गौतमले जारी गरेको विज्ञप्तिमा कोरोना भाइरस (कोभिड– १९) को सामना र सहकार्यबारे वरिष्ठ नेता नेपालसहित उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, पार्टीका ६ प्रदेशका इन्चार्ज र चिकित्सकहरूले चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख सङ ताओ, प्रोफेसर झोङ नान सान, मेडिकल डाक्टरहरू तथा वैज्ञानिकसहितसँग दुई घण्टा लामो भिडियो कन्फरेन्स गरेको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्