को हुन् इरफान खान ? यस्ता छन् खानका जीवनका राजहरु



एजेन्सी : बलिउडका कुशल अभिनेता इरफान खानको निधन भएको छ । मुम्बईको कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालमा मंगलबार उनको निधन भएको हो । स्वास्थ्य अवस्था बिग्रिएपछि खानलाई मंगलबार नै अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो । उनको ५४ वर्षको उमेरमा निधन भएको हो ।

गत वर्ष खान गम्भिर अस्वस्थ भएर लामो समय लन्डनमा उपचार गराई फर्केका थिए । त्यसबेला उनलाई न्यूरोइन्डोक्राइन ट्यूमर भएको थियो । लन्डनबाट फर्केयता उनी कोकिलाबेन अस्पतालका डाक्टरको निगरानीमा थिए ।

खानको सन् १९६६ मा जयपुर राजस्थानमा जन्म भएको थियो । उनी थिएटरबाट सिनेमा क्षेत्रमा आएका हुन् । उनको अन्तिम सिनेमा सात महिनाअघि रिलिज भएको अंग्रेजी मिडियम हो ।

इरफानको रियल नाम साहबजादे इरफान अली खान हो ।

उनी बलिउडमा योजना अनुरुप भने आएका होइनन् । उनको रुची क्रिकेटमा थियो । तर, उनका माताापितालाई भने क्रिकेटप्रति राम्रो भाव रहेको थिएन । जब उनको एनएसडीमा उनले छात्रवृत्ति पाए तब उनको जीवनले मोड लियो ।

जब उनले मास्टर डिग्री गर्दै थिए उनले सन् १९८४ मा पाएको छात्रवृत्ति पाए । उनले डिप्लोमा इन ड्रामटिक आट्र्स छात्रवृत्ति पाएका थिए ।

उनको पहिलो जागिर कन्डिसन रिपेयर म्यानका रुपमा गरे । उनले पहिलो काम नै राजेश खन्नाको घरमा रिपेयर गर्ने काम पाएका थिए ।

सन् १९८८ मा उनले फिल्म सलाम बब्बेबाट डेब्यु गरे । उक्त फिल्म एकेमडी अवार्डका लागि समेत छनोट भएको थियो । उनी एनएसडीको अन्तिम वर्षमा रहेका थिए । तर, उक्त फिल्मका लागि उनको उचाई चाहिँ समस्याको विषय बनेको थियो ।

इरफान खानले सन् १९९५ मा विवाह गरे । उनले सुतापा सिक्धरसँग विवाह गरेका थिए । उनका दुई छोराहरु रहेका छन् ।

एक समय यस्तो पनि आएको थियो कि उनले अभिनय छोड्ने तयारी नै गरिसकेका थिए । उनी एकै खाले फिल्महरु गर्दा निराश भइसकेका थिए । तर, फिल्म निर्माता आसिफ कपाडियाले उनको जीवनमा परिवर्तन ल्याउन मदत गरे ।

फिल्म द वारिअरमा उनी प्रमुख भुमिकामा देखिए । यो फिल्मले अन्तराष्ट्रिय फिल्म अवार्डका लागि समेत छनोट भएको थियो । त्यसले उनको चर्चा झन् बढ्यो । सन् २००५ मा आएको फिल्म रोगमा उनको प्रमुख भुमिकामा देखिए ।

बलिउडमा उनको उचाईको चर्चा पनि उत्तिकै रहेको छ । ६ फिट १ इन्च उचाईले कतिपय फिल्ममा उनलाई सहजता दिएको थियो भने कतिपय फिल्ममा उनको सिन नै काटिन पुग्यो । उनलाई यही क्रममा हलिउडबाट पनि अफर आउन थाले । सन् २०१४ मा उनलाई फिल्म क्रिस्टोफर नोलानको अफर आएको थियो । उनले उक्त अफर अस्वीकार गरेका थिए ।

तर, पछि उनले अभिनय गरेको लन्च बक्सले सर्वाधिक सफलता हात पार्न सफल भयो । उनी बलिउडका यस्ता अभिनेता हुन् जसले दुईवटा एकेडमी अवार्ड जितेका थिए । उनले स्लमडग मिलिनियर र लाइफ अफ पाइ दुवैले अवार्ड जित्न सफल भएका थिए ।

प्रतिक्रिया दिनुहोस्