संसदको वर्षे अधिवेशन वैशाखको अन्तिम साता बोलाउने तयारी



काठमाडौं– कोरोना रोकथाम तथा नियन्त्रणका लागी हाल नेपाल लकडाउनमा छ । तर संघीय संसदको वर्षे अधिवेशन वैशाखको अन्तिम साता बोलाउने तयारी भइरहेको छ ।

संघीय संसदको दुबै सदनको बैठक सञ्चालन गर्ने तयारी छ ।

बुधबार बिहान प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्नि सापकोटाबीच पनि संसदको वर्षे अधिवेशन बोलाउनेबारे छलफल भएको थियो ।

सामाजिक दुरी कायम गरेर संसद बैठक चलाउने भएको हो । प्रधानमन्त्री ओली बुधबार नै संसद भवन नयाँ वानेश्वर पुगेर बैठक कक्षको अवलोकन गरेका छन् ।

सरकारको सिफारिसमा राष्ट्रपतिले अधिवेशन बोलाउने संवैधानिक व्यवस्था छ । सरकारले संसद अधिवेशन कहिलेका लागि बोलाउने भन्ने घोषणा नगरे पनि वैशाख २१ गतेसम्म संसद भवनमा गर्नुपर्ने तयारी सक्न संसद सचिवालयलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्