डाक्टरहरुले नग्न भएर कोरोना भाइरस संक्रमितको उपचार गर्न थालेपछि…


एजेन्सी : जर्मनीका जनरल फिजिसियन (जीपी)हरुले नग्न अवस्थामा बिरामीको उपचार गरिरहेको तस्वीरहरु अनलाइनमा पोस्ट गर्न थालेका छन् । देशमा कोरोनाभाइरस नियन्त्रणमा अग्रपंक्तिमा काम गरिरहेका स्वास्थ्यकर्मीहरुलाई पर्सनल प्रोटेक्टिप इक्विपमेन्टको अभावप्रति ध्यानाकर्षण गर्न उनीहरुले यस्तो गरेको जनाएका छन् ।

‘ब्लेंके बेडेन्केन’ नामको समूहले जर्मनीका स्वास्थ्य मन्त्रीहरुलाई आफूहरुको महिनौंदेखिको माग सुनुवाइ नभएको जानकारी गराउन चाहेको जनाएको छ ।

नग्न फोटोहरु पोस्ट गर्दै उनीहरुले भनेका छन् ‘हामीसँग अलिअलि भएका सुरक्षाका साधनहरु जब सकिनेछन्, त्यसपछि हामी यस्तै देखिनेछौं ।’ उनीहरुले पीपीइबिना काममा जानु भनेको नग्न हुनु जस्तै भएको बताएका छन् । एक फिजिसियनले एक जर्मन मिडियासँग भने ‘यो नग्नता हामी सुरक्षाका साधनबिना कति जोखिममा छौं भन्ने कुराको संकेत हो ।’

यो समूहका सदस्यहरुले आफूहरुलाई कोरोनाभाइरसबाट ठूलो जोखिम महसुस भएको र देशमा जनवरीमा पहिलो संक्रमण भेटिएदेखि नै डाक्टरहरुले सुरक्षाका साधन मागिरहेको बताएका छन् ।

यी उपकरण बनाउने फर्महरुले उत्पादन बढाएका छन् यद्यपि त्यसले पनि माग धान्न सकिरहेको छैन । स्वास्थ्य संस्थाहरुले फिल्टर मास्क, प्रोटेक्टिभ चश्मा, पञ्जा र एप्रोनहरु निरन्तर माग गरिरहेका छन् तर उनीहरुको आवश्यकता पूर्ति हुन नसकेको उनीहरुले बताएका छन् । अप्रिलको सुरुवातमा बर्लिनको लागि पठाउन लागिएका मास्कहरु थाइल्याण्डको बैंकक विमानस्थलमा अमेरिकाले कब्जामा लिएको थियो ।

ती उपकरणहरु अमेरिका डाइभर्ट गरिएको बताइएपछि जर्मन अधिकारीहरु अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति आक्रामक रुपमा प्रस्तुत भएका थिए । उनीहरुले यसलाई आधुनिक डकैतीको संज्ञा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं– शिक्षा क्षेत्रमा भएका भूकम्पपछिका पुनर्निर्माण प्रयासहरुबारे तयार पारिएको सीबीआरआई परियोजना वेबसाइटको भारतीय राजदूत विनय

काठमाडौं– नेपाल कानून समाजले भ्रष्टाचार नियन्त्रणका लागि निर्वाचन प्रणाली र राजनीतिक संस्कार सुधार हुनु आवश्यक

गुल्मी : इस्मा गाउँपालिका –२ हस्तीचौर, रातचौर, स्यालाको पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ

काठमाडौँ : निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा

काभ्रे : जिल्लामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । पनौती नगरपालिका–५ चौकोटकी

काठमाडौं : नेपाल प्रहरीका ४८८ जना प्रहरी निरीक्षकहरुको सरुवा भएको छ । प्रहरी महानिरीक्षक शैलेश

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले चीनबाट आयात गर्न लागिएका सामान लामो समयदेखि सीमामै रोकिँदा

चितवन : चितवनमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड

राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्नेमा प्रधानमन्त्री ओलीको जोड प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वले

काठमाडौं : रोयल च्यालेन्जर्स बेङ्गलोरले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० मा विजयी सुरुवात गरेको छ

काठमाडौं– सांसदहरुले बालबालिका शिक्षाको नाममा काठमाडौंमा डलर खेतिको धन्दा चलिरहेको बताएका छन् । प्रतिनिधिसभाको महिला

जुम्ला : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आइसियू कक्षमा अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं