ब्राजिलकै ठूलो फुटबल क्लबमा आगलागी, १० को मृत्यु



ब्राजिलको सबैभन्दा ठूलो फुटबल क्लबको युवा टोलीको प्रशिक्षण केन्द्रको एउटा छात्रावासमा आगलागी हुँदा १० व्यक्तिको मृत्यु भएको छ।

 

रियो दि जेनेरियोस्थित निन्हो दे उर्बुमा रहेको फ्लामेन्गो फुटबल क्लबको प्रशिक्षण केन्द्रमा आगलागी भएको र उक्त घटनामा तीन जना घाइते भएको बिबिसीले जनाएको छ।

 

आगो खेलाडीहरू सुतिरहेको ठाउँ तीव्र रूपमा फैलिएको समाचार विवरणमा जनाइएको छ। फ्लामेन्गो ब्राजिलकै ठूलो र सुपरिचित फुटबल क्लब मानिन्छ।

 

रोयर्टरका अनुसार उक्त क्लबको दुई महिना अघि पुनर्निर्माण भएको थियो। आगलागीको कारण भने अहिलेसम्म खुल्न सकेको छैन। जि-१ समाचार संस्थाले जनाएअनुसार स्थानीय समय ५:१० मा आगलागी सुरु भएर ७:७० मा नियन्त्रणमा आएको थियो।

 

अहिलेसम्म मृतकको सनाखत हुन सकेको छैन। समाचार विवरणमा जनाइएअनुसार १४ देखि १७ वर्षसम्मका खेलाडीहरू यहाँ प्रशिक्षणमा आउने गरेका छन्। अग्निनियन्त्रकहरूका अनुसार घाइतेलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ।

प्रतिक्रिया दिनुहोस्