मदिरा सेवन गर्दैगर्दा मृत्यु



बझाङ : मदिरा सेवन गर्दा बझाङको एक विकट गाउँमा शनिवार एक वृद्धको मृत्यु भएको छ। मदिरा सेवनबाट खप्तडछान्ना गाउँपालिका–६ बयाना गाउँका ६५ वर्षीय किसन थापाको मृत्यु भएको प्रहरीले जनाएको छ। 

 

घर नजिकैको पसलमा मदिरा सेवन गर्दैगर्दा अचेत भएका थापालाई आफन्तले घरमा लाने क्रममा बाटोमै मृत्यु भएको जानकारी बताइएको छ। घटना भएको जानकारी पाएपछि छान्ना प्रहरीचौकीबाट प्रहरी सहायक निरीक्षक करनसिंह धामीको नेतृत्वमा खटेको प्रहरी टोलीले घटनास्थलमा पुगी अनुसन्धान सुरु गरेको प्रहरीले बताएको छ। 

 

यस गाउँपालिकालाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ। जिल्लाको पहिलो मदिरा निषेधित क्षेत्र घोषणा गरिएको खप्तडछान्ना गाउँपालिकामा यस्तो प्रकारको घटनाहरु बढ्दै गएका छन्। 

 

प्रतिक्रिया दिनुहोस्