बलिउडका अभिनेता ऋषि कपूरको निधन



काठमाडौं : बलिउडका अभिनेता ऋषि कपूरको निधन भएको छ । यो कुराको जानकारी बलिउडका अर्का अभिनेता अमिताभ बच्चनले जानकारी दिएका दिएका छन् ।

बलिउडका चर्चित अभिनेता कपुरको ६७ वर्षको उमेरमा बिहीबार निधन भएको छ । क्यान्सरबाट पीडित ऋषि कपुर अस्वस्थ भएपछि बुधबार अस्पताल भर्ना गरिएको थियो ।

अभिनेता बच्चनले सामाजिक सञ्जाल ट्वीट मार्फत यो कुराको जानकारी दिएका हुन् ।

उनले ट्वीटरमा लेखेका छन्, ‘उनी गए.. ऋषि कपूर… गए..अहिले भर्खर बिते…म विक्षिप्त भएको छु ।’

‘ऋषि अहिले अस्पतालमा छन् । उनलाई क्यान्सर र श्वासप्रश्वाससम्बन्धी समस्या छ । अहिले उनको स्वास्थ्य स्थिर छ,’ भारतीय समाचार एजेन्सी पीटीआईले जनाएको छ ।

ऋषि दुई हप्तादेखि अस्पतालमा उपचाररत रहेको र आईसीयूमा भर्ना गरिएको खबर बुधबार साँझ फैलिएको थियो ।

अमेरिकामा झण्डै एक वर्ष क्यान्सरको उपचार गरेपछि गत सेप्टेम्बरमा ऋषि मुम्बई फर्किएका थिए । अमेरिकाबाट फर्किएपछि जुही चावलासँग ‘शर्माजीकी नम्किन’को सुटिङ गरेका थिए तर स्वास्थ्यमा समस्या आएपछि बीचमै सुटिङ रोकिएको टाइम्स अफ इन्डियाले जनाएको छ ।

उनको पछिल्लो पटक ‘द बडी’ रिलिज भएको थियो ।

प्रतिक्रिया दिनुहोस्