महाकालीपारि अलपत्र नेपाली नागरिकको उद्धार शुरु



कैलाली : सरकारले महाकालीपारि अलपत्र परेका नेपाली नागरिकहरुको उद्धार गर्न शुरु गरेको छ । आज (बिहीबार) बिहानबाट उनीहरुको उद्धार गर्न शुरु गरिएको हो ।

बैतडी, दार्चुला र पिथौरागढका जिल्ला अधिकारीबीच भएको उच्चस्तरीय सहमतिपछि महामालीपारि अलपत्र परेका नेपाली नागरिकहरुको उद्धार गर्न शुरु गरेको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारीले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरका अनुसार हिजो (बुधबार) तीन जिल्लाका जिल्ला अधिकारीबीच छलफल भएको थियो । केन्द्रमा पनि सवन्वय गरेर आजबाट उद्धार शुरु गरिएको हो ।

भारतको विभिन्न जिल्लामा मजदुरी गर्दै आएका नेपालीहरु एक महिना बढी समयदेखि सीमा क्षेत्रमा अलपत्र परेका थिए ।

क्वारेन्टाइन अवधि सकिए पनि उनीहरुको उद्धारमा ढिलाइ भएको भन्दै बुधबार दिउँसो बसेको सरोकारवालाको बैठकले बिहीबार बिहानबाट उद्धार गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्