लकडाउनमा शर्ट फिल्म ‘राहत’ सार्वजनिक



काठमाडौं : लकडाउनको समयमा बनाइएको शर्ट फिल्म ‘राहत’ सार्वजनिक भएको छ । चलचित्र ‘नाईके’ निर्देशन गरेका नेत्र गुरुङको निर्देशनमा बनेको यस ‘राहत’ फिल्ममा सरकारले गरेको लकडाउनबाट पीडित मजदुरको कथा समेटिएको छ ।

नेत्र इन्टरटेनमेन्ट प्रालिको प्रस्तुतीमा जक्सन डटकमको सहकार्यमा राहतसम्बन्धी सर्ट फिल्म तयार भएको हो । निर्देशक गुरुङ र भरत छन्त्याल मिलेर ‘राहत’को स्क्रिप्ट लेखेका हुन् । फिल्ममा रेम रसाइली, विभू भूषाल, अनिशा श्रेष्ठ, गीत पराजुली र प्रतिक्षा पौडेलको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्