शरणार्थी शिविरमा आगलागी हुँदा १७ लाख बराबरको क्षति



झापा: दमक नगरपालिका-३ बेलडाँगीमा रहेको भूटानी शिविरमा आगलागी हुँदा चार घर जलेर नष्ट भएको छ ।

आज बिहान शिविरको बी-३ हट नं.२६० मा रहेको टीकाराम चापागाईको घरबाट अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार चापागाईको घरबाट शुरु भएको आगोले छिमेकी पदम चापागाई, रुपनारायाण दुलाल र हर्कबहादुर सुब्बाको समेत घर जलेर नष्ट हुँदा करिब १७ लाख ३५ हजार बराबरको क्षति भएको छ ।

आगलागी स्थानीयवासी, प्रहरी र बारुणयन्त्रको सहयोगमा बिहान ३ः ३० बजे पूर्णरूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्