काठमाडौं : नेपाल लकडाउन भएका आज ३८ औं दिन । कोरोना महामारीका कारण विश्व नै ग्रसित भइरहेका बेला नेपालमा कोरोना संक्रमितहरुको संख्या दिनानुदिन बढिरहेका छ ।
लामो समयदेखि मुलुक लकडाउनमा छ भने देशभरको मौसम परिवर्तन भएको छ । योसँगै उपत्यकाको दृश्य लकडाउनमा अलि फरक देखिएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हावाहुरीसहित असिना पानी पर्ने सम्भावना कायमै रहने जनाएको छ ।
पश्चिमी, स्थानीय वायु तथा बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त वायुको प्रभाव मुलुकमा कायमै रहेको ।
लकडाउन शुरु भएपछि औषधोपचार, खाद्यवस्तु खरिदजस्ता अत्यावश्यक काममा बाहेक घरबाट मानिसहरु निस्केका छैनन् ।
त्यस्तै, अनुमतिप्राप्त सवारीसाधन, स्वास्थ्यकर्मी, सुरक्षा निकाय, सञ्चारकर्मीहरुले प्रयोग गर्ने बाहेक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुवाहक सवारीसाधन सञ्चालनमा पूर्ण रोक लगाउने निर्णय पनि सरकारले गरेको छ ।
पछिल्लो समय काठमाडौं उपत्यकामा लकडाउन केहख खुकुलो भएको जनगुनासो बढेपछि सरकारले ७७ वटै जिल्ला प्रशासनमा परिपत्र गरि लकडाउनमा कडा गर्न निर्देशन दिएको थियो ।
सरकारले कोरोनाभाइरस (कोभिड–१९) संक्रमणको जोखिमबाट जोगिन चैत ११ गतेदेखि देशैभर ‘लकडाउन’ गर्ने निर्णय गरेको थियो ।
लकडाउन भएको लामो सयपछि काठमाडौं उपत्यका दृश्य अलि फरक देखिएको छ ।
फोटो : विनोद थापा