अमेरिकाको लस एन्जलसमा कोरोनाको निः शुल्क परीक्षण



काठमाडौं: संयुक्त राज्य अमेरिकाको लस एन्जलस शहरका सबै नागरिकलाई निः शुल्क रुपमा कोविड-१९ भाइरस परीक्षण गरिने भएको छ ।

यसरी शहरका सबै नागरिकलाई निः शुल्क रुपमा परीक्षण सेवा प्रारम्भ गर्ने लस एन्जलस नै पहिलो शहर भएको बताइएको छ । उक्त नगरका मेयर एरिक ग्यारेक्टीले सो विषयमा बुधबार जानकारी दिएका हुन् ।

उनले लस एन्जलस नै यसरी कोभिड-१९ को नियन्त्रणका विषयमा पहल गर्ने पहिलो नगर भएको बताएका छन् । उनले आफ्नो ट्वीटर अकाउन्टबाट यहाँका सबैजना बासिन्दा अमेरिकी नागरिक तथा आप्रवासीसमेतलाई स्वास्थ्य परीक्षण गराइने जानकारी दिएका हुन् ।

उनले पहिलो प्राथमिकता यस्तो लक्षण देखिएका नागरिकलाई दिइने भए पनि सबैको स्वास्थ्य परीक्षण गरिने जानकारी दिएको समाचारमा जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्