साइबर अपराधमा पत्रकार दीपक पाठक पक्राउ



काठमाडौं : पत्रकार दीपक पाठक पक्राउ परेका छन् । रेडियो नेपाल सञ्चालक समितिका सदस्य समेत रहेका पत्रकार पाठकलाई नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरोले बिहीबार बिहान पक्राउ गरेको हो ।

नेपाल प्रहरीका प्रवक्ता डीआईजी निरजबहादुर शाहीले पाठकविरुद्ध साइबर अपराधको उजुरी परेकाले नियन्त्रणमा लिएको बताए ।

पछिल्लो राजनैतिक घटनाक्रमसँग जोडेर पाठकलाई सामाजिक सञ्जालमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत व्यक्तिलाई लान्छना लगाउने गरी अभिव्यक्ति दिएको उजुरी परेको ब्युरोका एक अधिकारीले बताए ।

पाठकलाई आजै जिल्ला अदालत काठमाडौंबाट म्याद थपेर थप अनुसन्धान गरिने प्रवक्ता शाहीले बताए ।

प्रतिक्रिया दिनुहोस्