उत्तर कोरियामा किमको उत्तारधिकारीको खोजी !



काठमाडौं : उत्तर कारियाली शासक किम जङ उनको स्वास्थ्यबारेमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा फरक–फरक समाचार सार्वजनिक गरिरहेको छ । पश्चिमा सञ्चारमाध्यमले किम गम्भीर बिरामी परेको समाचार सम्प्रेषण गरेका छन् भने केही सञ्चारमाध्यमले त किमको निधन नै भइसकेको दाबी समेत गरिसकेका छन् । तर, उत्तर कोरियाले आफ्नो नेताबारे कुनै जानकारी सार्वजनिक गरेको छैन ।

यता अमेरिकाका विदेशमन्त्री माइक पोम्पेओले केही समयदेखि उत्तर कोरियाका नेता किम जङ–उनलाई अमेरिकी अधिकारीहरूले नदेखेको र उनको स्वास्थ्यबारे भइरहेको चर्चा नियालिरहेको बताएका छन् ।

उनले उत्तर कोरियामा कोरोनाभाइरसको प्रकोप वा अनिकाल हुन सक्ने भन्दै चिन्ता पनि व्यक्त गरेका छन् ।

किम गत एप्रिल १२ देखि सार्वजनिक रूपमा देखा परेका छैनन् । तसर्थ उनी गम्भीर बिरामी परेको अनुमान गरिएको छ ।

उत्तर कोरियाबाट भागेका मानिसहरूले सञ्चालन गरेको एउटा वेबसाइटमा किमको स्वास्थ्यसम्बन्धी पहिलो पटक एउटा दाबी प्रकाशित भयो ।

नाम उल्लेख नगरिएको एउटा स्रोतलाई उद्धृत गर्दै डेली एनकेले गत अगस्टदेखि किम मुटु र रक्तनलीसम्बन्धी समस्याबाट पीडित भएको तथा माउन्ट पेक्टुको भ्रमण गरेपछि उनको अवस्था बिग्रिएको दाबी गर्यो ।

त्यसपछि अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा त्यही एकल स्रोतका आधारमा विवरणहरू प्रकाशित हुन थाले ।

त्यसपछि दक्षिण कोरिया र अमेरिकाका गुप्तचर निकायले पनि त्यो दाबी कति सत्य हो भनेर बुझ्न खोजिरहेको भन्दै अरू विवरणहरू पनि प्रकाशित भए ।

त्यही बेला अमेरिकी सञ्चारमाध्यममा उत्तर कोरियाली नेता मुटुको शल्यक्रियापछि गम्भीर अवस्थामा भएको शीर्षकसहित समाचार प्रकाशित भयो ।

तर, दक्षिण कोरिया सरकारले एउटा विज्ञप्ति प्रकाशित गर्दै तथा चिनियाँ गुप्तचर निकायका स्रोतहरूले समाचार संस्था रोएटर्सलाई उक्त समाचार असत्य भएको बताए ।

यहीबीच नेता किमको उत्तारधिकारी को होला भन्ने चर्चा शुरु भएको छ ।

आणविक हतियार वा मिसाइल परीक्षणका कारण महाशक्ति राष्ट्र अमेरिकालाई समेत तर्साउँदै आएका उत्तर कोरियालि शासक किम जोङ उन३७ वर्षका भएका छन् ।

उनले सन् २०११ मा शासन सम्हालेपछि उत्तर कारिया अझै शसक्त भएको विश्वास गरिन्छन् । त्यसैले उनीपछि उत्तर कोरियाको नेतृत्व कसले गर्ला र उत्तारधिकारी उनि जतिकै सक्षम होला वा नहोला भन्ने प्रश्न उठ्न थालेको छ ।

किन जोङ अन उत्तर कोरियाका संस्थापन किम इल सुन का नाति हुन् । सन् १९४८ यता उत्तर कोरियामा किम कै परिवारले शासन गर्दै आएका छन् । त्यसैले उनीपछि उत्तर कोरियाको नेतृत्व उनका सन्तानले गर्ने विश्वास गरिन्छ ।

किमका तीन सन्तान छन् । र सबै साना छन् । तत्काल किम जोङ अनलाई केही भए शासन सम्हाल्न उनका सन्तान योग्य भइसकेका छैनन् । त्यसैले उनका सम्भावित सात उत्तारधिकारी छन् ।

किमले सन् २०१२ मा रि सो जुसँग विवाह गरेका थिए । रि सो जु किमकी उत्तारधिकारी मानिए पनि उनको सम्भावना कम देखिएको छ । कारण हो उनी यसअघि सार्वजनिक कार्यक्रममा नदेखिनु ।

रि सो जु पछिका अर्का दावेदार हुन्–किमकी बहिनी । किम जोङ उनको बहिनी किम यो जुङलाई विश्व समूदायले स्वभाविक उत्तारधिकारीको रुपमा हेरेका छन् । ३१ वर्षीया किम यो जुङले दाईसँगै स्वजल्याण्डमा अध्ययन गरेकी थिइन् । राजनीतिक भेटघाट होस् वा अन्य कुनै राजकाजका कार्यक्रमा उनी किम जोङ उनसँग निकै नजिक छन् । उनी पार्टीको पोलिटब्यूरो सदस्य र देशको महत्वपूर्ण प्रचार र आन्दोलन विभागको सहनिर्देशक समेत हुन् । पिताका लागि उनी असाधैं प्रिय थिइन् । सानै उमेरदेखि राजनीतिमा चाख राख्ने उनको बानि र सधै दाईसँग नजिक रहने भएकोले पनि उत्तारधिकारीका रुपमा उनलाई हरिएको छ । तर, पितृसतात्म उत्तर कोरियाले महिला नेतृत्वलाई स्वीकार गर्ला भन्ने प्रश्न उब्जिएको छ ।

यसैगरी अर्का सम्भावित व्यक्ति हुन् किमका दाई किम जोङ चोल । बहिनीलाई नेतृत्व नदिए अर्को विकल्पमा जोङ रहेका छन् । तर, चोलले राजनीतिक र शासनमा खासै चासो दिएनन् । त्यसैले पहिला पनि स्वाभाविक दावेदारी छोडेर उनले भाईलाई बाटो खोलिदिएका थिए । अहिले फेरी उनी शासन सत्तामा फर्किने सम्भावना कम छ ।

त्यस्तै अर्का दाबेदार हुन् किम प्योङ इल । किम प्योङ इल किमका सौतेली काका हुन् । किम प्योङ इल कि आमाले किम इल सोङको उत्तारधिकारी बनाउने प्रयास निकै गरेकी थिइन् । तर, उनी असफल भइन् । त्यसपछि किम प्योङ इललाई सन् १९७८मा राजदूतका रुपमा यूरोक पठाइयो र किम जोङ इल शक्तिमा आए । उनी गत वर्षमात्र उत्तर कोरिया फर्किएका छन् । किम प्योङको राजनीतिमा उनको प्रभुत्व निकै कम छ ।

त्यस्तै अर्का सम्भावित व्यक्ति हुन्–चोई योङ हाई । किमको परिवारबाट बाहिर जाने हो भने उत्तर कोरियारि राजनीतिमा अहिले दोस्रो शक्तिशालि व्यक्ति हुन्–चोई योङ हाई । योङ हाई र किम जोङ उनबीचको सम्बन्धमा उतावचडाव आएको समाचार पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएका छन् । योङ हाई पोलिटब्यूरोका शक्तिशालि व्यक्ति हुन् र राज्य मामलामा स्टेस् एपिएस कमिसनका उपाध्यक्ष पनि हुन् । यस्तै उत्तर कोरियाको अन्तर्राष्ट्रिय मामिला विभागका अध्यक्ष पनि हुन् । चोईले सैनिक र मजदुर पार्टीको संगठन विभागको नेतृत्व गर्दै आएका छन् । यदि नेतृत्व किम परिवारभन्दा बाहिर जाने अवस्थामा चोई नै मुख्य दावेदार हुन् ।

कमि जे र् योङ अर्का सदस्य हुन् । नाममा किम भएपनि उत्तर कोरियालि प्रधानमन्त्री उक्त परिवारका सदस्य होइनन् । कतिपय अवस्थामा किमु पनि भनिने किम दुवै कोरियामा खुब चल्ने नाम हो । सन् २०१६ मा प्रान्तिय शासनभन्दा बाहिर अपरिचित रहेका कमि जे र् योङको राजनीतिक यात्रा लोभ लाग्दो छ । एक वर्षभन्दा अघि संसदमा निर्वाचन भएका उनी एक महिनापछि पोलिटब्यूरो र केन्द्रीय सैनिक आयोगको सदस्यसहित प्रधानमन्त्री पदमा निर्वाचित भएका थिए ।

उत्तर कोरियाको सुरक्षा हेर्ने जोङ क्योङ तेक पनि शक्तिशालि व्यक्ति हुन् । उनी पनि एक दावेदार हुन् । उनी राजनीतिक अपराधको प्रमुख अनुसन्धानकर्ता हुन् भने नेतृत्वको सुरक्षा उनको प्रमुख जिम्मेवारी हो । सन् १९४८ मा स्थापना भए यता उत्तर कोरियामा किम परिवारले शासन गर्दै आएको छ । नयाँ नेतृत्व उत्तर कोरिया वर्कश पार्टीको जर्चश्व रहेको संसदले अनुमोदन गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्