सिलिन्डर पड्किदा ३ जना घाइते



काठमाडौं: काठमाडौं महानगरपालिका-३१ देउराली क्लब नजिकै ग्यास सिलिन्डर पड्किदा तीन जना घाइते भएका छन् ।

स्थानीय सञ्जय कार्कीको ग्यास पसलमा सिलिन्डर पड्किएर भएको आगलागीमा परी सोही ठाउँ बस्ने उदयपुरका ४६ वर्षीय कविराज अधिकारीसहित तीन जना घाइते भएको प्रहरीले जनाएको छ ।

गएराति भएको उक्त घटनाका घाइतेको निजामती अस्पताल नयाँ बानेश्वरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अन्य दुई घाइतेको पहिचान खुलेको छैन । महानगरीय प्रहरी वृत्त बानेश्वरका अनुसार सिलिन्डर पड्किँदा पसल नजिकै रहेको बा ७१ प ७४१ नं.को स्कुटर जलेर नष्ट भएको भएको छ ।

राति नै काठमाडौं महानगरपालिका–६ सिमलटारमा रोकिराखेको बा ८८ प ४५ नं.को मोटरसाइकलमा आगलागी हुँदा क्षति पुगेको छ । स्थानीयवासीले समयमै आगो निभाएकाले ठूलो क्षति हुन नपाएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्